पोखरा महानगरले आगामी वर्ष पोखरा साहित्य सम्मेलन गर्ने भएको छ ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार सातौं नगरसभामा पेश गरेके बजेटमा पोखरा साहित्य सम्मेलन गर्न र पोखरा प्रज्ञा प्रतिष्ठान सञ्चालन गर्न आवश्यक बजेट व्वस्था गरिएको उल्लेख छ । यो आवमा प्रज्ञा प्रतिष्ठानका लागि ५० लाख बजेट विनियोजन भए पनि ऐन बन्नेबाहेक अरु काम भएन ।
महानगरले यहाँ बोलिने लोपोन्मुख २ वटा भाषाको शव्दकोष र व्याकरण निर्माण गर्ने भएको छ ।
पोखरा महानगरले ६ अर्व १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ ।
महानगरका उप्रमुख मञ्जुदेवी गुरुङले बुधबार सातौं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट तथा कार्यक्रम र सो सँग सम्बन्धित अर्थ विधेयक र विनियोजन विधेयकउपर असार १२ गते ११ बजेबाट छलफल हुने मेयर मानबहादुर जिसीले घोषणा गरे ।




