Author Archive

पाल्पाली सहकारीको दोस्रो वार्षिकोत्सवमा रक्तदान

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को दोस्रो वार्षिकोत्सव अवसरमा पोखरामा बिहीबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४७ यूनिट रगत संकलन भयो । कोभिड–१९ को कारण नियमित रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव हुन सक्ने भएकोले सहकारीको वार्षिकोत्सव अवसर पारेर सो कार्यक्रम गरिएको सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिए । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि. र पाल्पाली समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग थियो ।… पुरा पढौ

संक्रमितको शव व्यवस्थापन गर्न सधै सकस

बिहीबार पनि जेठ २५ गते जस्तै विरोध विरोध सामाना गरी कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ । पहिलो संक्रमितको शव व्यस्थापनका क्रममा जनप्रतिनिधिसमेतले अवरोध गरेका थिए । बुधबार राति मृत्यु भएका ५५ वर्षीय ती संक्रमितको शव व्यवस्थापन स्थल त फेरियो तर अवरोध अझ पेचिलो बन्यो । दिउँसो १२ बजेतिर पोखरा ३२ को सेती किनारमा खाल्डो खन्न डोजर गएपछि स्थानीयले टायर बालेर विरोध सुरु गरे । सिमसिम पानीको परवाह नगरी जम्मा… पुरा पढौ

पश्चिमाञ्चल अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ। अस्पतालमा उपचारत कोरोना संक्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।  स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुबारीका पुरुषमा  मधुमेह र निमोनियाको समेत समस्या थियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही असार ८ गते  पोखरा ल्याएर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा… पुरा पढौ

महाधिवेशनअघि नेतृत्व परिवर्तन आत्मघाती र असम्भव

पार्टीको मुख्य नेतृत्वको परिवर्तन महाधिवेशन बाहेकले गर्न सक्दैन । यो हामीले निरन्तर अभ्यास गरेको लेनिनबादी सङ्गठनात्मक पद्धति हो । पार्टीको जीवन पद्धतिसित जोडिएको महत्त्वपूर्ण बिषय हो। यस्तो जीवन्त सच्चाइ आपसी समझदारी बाहेक अरु लुछाचुडी र हिरिन हालेर,टाउको भित्तामा लगेर ठोकेर, बिरालोले रुखमा रिसाएर चिथोरे झैं आग्रह , पूर्वाग्रह वा दूराग्रहले परिवर्तन हुन सक्दैन । कोकोहोलो हालेर, चिच्चाएर, पाखुरा सुर्काएर, तिघ्रा बजारेर वा मैले जसरी पनि पाउनु पर्छ भन्दैमा दाम्लो चुडालेर… पुरा पढौ

गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु

पोखरामा कोभिड १९ संक्रमित एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत एक पुरुषको बुधबार राति सबा ११ बजे मृत्यु भएको हो । स्याङजाको सिरुवारीका ती ५५ वर्षीय पुरुषमा मधुमेह, सिभियर निमोनिया लगायतका समस्यासमेत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।गण्डकी प्रदेशमा यो कोरोना संक्रमितको दोस्रो मृत्यु हो । असार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनको भेन्टिलेटरमा राखेर… पुरा पढौ

पोखरा १४ को मसिना टोल सिल गर्न सिफारिस

पोखरा महानगरपालिका वडा नं. १४ को एकै टोलमा ४ जना संक्रमण देखिएपछि वडा कार्यालयले सो टोललाई सिल गर्न पत्राचार गरेको छ । वडाध्यक्ष प्रेमबहादुर कार्कीले बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै सो क्षेत्र सिल गरी संक्रमण फैलिन नदिन आग्रह गरेका छन् । बुधबार साँझ पौने ७ बजेको अपडेट अनुसारगण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ४२ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा… पुरा पढौ

संस्थागत सुशासन र जवाफदेहीता

नेपालमा विभिन्न कम्पनी तथा संस्थाहरु सर्वसाधारणको निक्षेत तथा लगानीमा स्थापना भएका छन् । सर्वसाधारणको लगानीको सुरक्षण गर्नु उनीहरुको मुख्य दायित्व हो । संस्थामा हुने सानो विचलन र समस्याले समेत सर्वसाधारणको ठुलो लगानीमा उच्चतम जोखिम आउने गर्दछ । यसर्थ स्थापना भई सञ्चालनमा रहेका संस्थाहरुको नियमन सुक्ष्म रुपमा गर्नु पर्ने आवश्यकता देखिन्छ । संस्थाका नियमाकीय निकायहरुले संस्थागत सुशासनमा कुनै आँच नआउने गरी नियमन गरी रहेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा… पुरा पढौ

आँधीखोलाको बजेट ४६ करोड

आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेलले ४६ करोड ६ लाख ६० हजार बराबरको बजेट गाउँसभामा गरिन् । आँधीखोला गाउँपालिकाले पूर्वाधारको विकाससँगै कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार तथा क्वारेन्टाइन व्यवस्थापन को साथै रोजगार विहीन नागरिकलाई लक्षित गरी रोजगार र कृषिमा जोड दिदैँ नीति कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ । कृषि उद्योग पर्यटन एवम् श्रम मार्फत रोजगार सिर्जना… पुरा पढौ

रुकुम घटना : २३ जना पुर्पक्षका लागि थुनामा, किशोरीकी आमा रिहा

फाइल फोटो : नवराज विक ६ जनाको ज्यान गएको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत रुकुमकोटले यस्तो आदेश गरेको हो। जिल्ला अदालत रुकुमकोटले युवक नवराज विकसँग प्रेम सम्बन्ध भएकी युवतीकी आमालाई भने १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। प्रतिवादी बनाइएका २ नाबालक सुधारगृह चलान भइसकेका छन् भने अझै ५ जना… पुरा पढौ

महेन्द्रपुलमा लिफ्टसहितको आकाशेपुल

पोखरा महानगरको केन्द्र महेन्द्रपुलमा लिफ्टसहितको आकाशेपुल निर्माण हुने भएको छ । महानगरले आगामी आर्थिक वर्षमा यसको काम सुरु गर्न १ करोड ४० लाख बजेट बिनियोजन गरेको छ । महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै निर्माणाधीन योजना सम्पन्न गर्न ६५ करोड ४४ लाख ९२ हजार रुपैंयाँ बजेट छ । बुधबार सार्वजनकि बजेटमा चालु आवमा काम सुरु गरिएका मोटरेबल पुलहरु भोटीखोला, घोरकुना, फिर्के खोला, स्यानीखोला,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं