महाधिवेशनअघि नेतृत्व परिवर्तन आत्मघाती र असम्भव

पार्टीको मुख्य नेतृत्वको परिवर्तन महाधिवेशन बाहेकले गर्न सक्दैन । यो हामीले निरन्तर अभ्यास गरेको लेनिनबादी सङ्गठनात्मक पद्धति हो । पार्टीको जीवन पद्धतिसित जोडिएको महत्त्वपूर्ण बिषय हो। यस्तो जीवन्त सच्चाइ आपसी समझदारी बाहेक अरु लुछाचुडी र हिरिन हालेर,टाउको भित्तामा लगेर ठोकेर, बिरालोले रुखमा रिसाएर चिथोरे झैं आग्रह , पूर्वाग्रह वा दूराग्रहले परिवर्तन हुन सक्दैन । कोकोहोलो हालेर, चिच्चाएर, पाखुरा सुर्काएर, तिघ्रा बजारेर वा मैले जसरी पनि पाउनु पर्छ भन्दैमा दाम्लो चुडालेर पद प्राप्ति हुन सक्दैन । क्रान्तिको नेतृत्व गर्न सकिन्न, क्रान्तिकारी लडाइँ फत्ते हुन सक्दैन।

यसका लागि अध्यक्षात्मक प्रणाली अनुसार महाधिवेशनबाट निर्बाचित भएर आउने हिम्मत गर्नु पर्दछ, दुईटै अध्यक्ष समानान्तर हुनुहुन्छ । समानान्तरले झ्यालको बाटोलाई स्वीकार गर्न सक्दैन । सरकारको नेतृत्व आलोपालोका लागि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) लाई दुई तिहाइ बहुमतले न्यायप्रेमी जनसमुदायले अनुमोदन गरेका हैनन्। केपीको फोटो देखाएर बहुमतका लागि नेपाली महान जनसमुदायसित तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रले संयुक्त बामगठबन्धन र एउटै घोषणापत्र मार्फत चुनावमा गएको बिर्सन मिल्छ ?

त्यसकै आधारमा भूकम्प र नाकाबन्दीको बेला राष्ट्रिय स्वाभिमानको झण्डा फहराए बापत, संविधान जारी गर्ने बेला देशीबिदेशी प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई धूलो चटाएर हरेक खाले अतिबादीहरुको इच्छा बिपरित ६० बर्ष पुरानो नेपाली जनताले संविधान बनाउने अधिकारको ग्यारेन्टी नेपाली काङ्ग्रेस र सो पार्टीका सादगी नेता सुशीलदा लाई दह्रो साथ र बिश्वासमा लिएर कसले गर्‍यो ? बिर्सन मिल्छ?

चिच्चाएर, पाखुरा सुर्काएर, तिघ्रा बजारेर वा मैले जसरी पनि पाउनु पर्छ भन्दैमा दाम्लो चुडालेर पद प्राप्ति हुन सक्दैन । क्रान्तिको नेतृत्व गर्न सकिन्न, क्रान्तिकारी लडाइँ फत्ते हुन सक्दैन।

संयुक्त घोषणापत्रमै उल्लेख थियो आलोपालोको कुरा, कि जनतालाई थाहै दिएर चुनावमा बाकस थापेको ?अनि पछि समझदारी गरिएको भनिएको बुदा जनता र लाखौं पार्टी कार्यकर्ताले ग्रहण गर्छन् भन्ने कुराको ग्यारेन्टी छ ? अनि कार्यकर्ताका प्यारा क. केपीसित महाधिवेशनमा पराजितहरुकै बूई चढेर ,लिङ्ग नछुट्टिने पारी केपीले नै नभाले न पोथीको आरोपबाट अलग बनाएर जोगाउने अभियानले तङ्गरिएको पार्टी हो भन्ने कुरा छोप्नु हत्केलाले सूर्यलाई छोप्नु जस्तै वा मरुभूमिमा मिराज देख्नु जस्तै हो। अनि स्थायित्वका लागि पाँच बर्ष एउटै ब्यक्तिले सरकारको नेतृत्व गर्न नेकपा लाई बिजयश्रीको माला लगाएका हुन् भन्ने सामान्यज्ञानबाट च्यूत हुन मिल्छ ?

सरकारको पुनर्गठन हैन, उच्च कार्यक्षमता प्रमाणित गर्न नसकेका ,बिबादित भएका,बिबादमा मुछिएका ,बिबादमा तान्न खोजिएका ,उत्कृष्ट र योजनाबद्द प्रस्तुतीकरण नभएका वा हावा नलाई पातहरु हल्लिदैनन् भन्ने कुराको नजिक यो वा त्यो रुपले पुग्न खोजेका वा खोजाइएकाहरु बरु फिर्ता ल्याउन सकिन्छ, दण्डित गर्न सकिन्छ । बर्खास्त गर्न सकिन्छ, कार्बाही गर्न सकिन्छ । तिनीहरू कै नाममा दशौ लाख पार्टी सदस्यहरु, लाखौंलाख जनसमुदायको कम्युनिस्ट पार्टीप्रतिको आशा ,भरोसा , बिश्वास ,त्याग,समर्पण ,बलिदान र निष्ठालाई साट्न सकिन्न भन्ने कुरा यो पङ्क्तिकारलाई समेत हेक्का छ र लाखौं कार्यकर्ताले यो भावनालाई बोकेका छन् ।

लाखौंलाख कार्यकर्ताहरुको भावनालाई शिरोपर गर्नु पर्दछ,आत्मसात गर्नु पर्दछ । सरकार सन्चालनमा रहेका त्यस्ताहरुलाई खुशी तुल्याउन पार्टी सती जान सक्दैन तर २०१७ पौष ०१ गते बिना कसूर दुई तिहाई बहुमत प्राप्त काङ्ग्रेसका बिपी कोइरालालाई असक्षम प्रमाणित गर्न खोजेर, जनमत माथि धावा बोलेर गलहत्याएर राजा महेन्द्रले जस्तो फेलको प्रमाणपत्र दिन खोज्ने प्रवृत्ति वा २०५८ साल असोज १८ गते जनताबाट निर्बाचित शेरबहादुर देउवालाई असक्षमको आरोप लगाएर तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए जस्तो हिसाबले उत्तिकै अतुलनीय त्याग ,समर्पण ,योग्यता ,क्षमता र दृष्टिकोण भएका राजनेतालाई खुइल्याउन,ताछ्न,कमजोर पार्न,कत्लेआम गर्न ,तेजोबध गर्न गर्न खोज्ने कुरा ,सरकारको पुनर्गठन वा मूल नेतृत्व परिवर्तन गर्ने कुरा कुनै हालतमा सह्य हुन सक्दैन ।

तपाईंहरु पार्टीमा १०-२० बर्ष काम गर्दैमा जति बेलै सत्तामा टासिरहनु पर्ने हामी तीसौ बर्ष निशर्त , निरन्तर राजनीतिमा क्रियाशीलहरु सत्तामा जोडिनु पर्दैन ?

बिश्वासमा नलिई त्यो खेलोफड्को गर्ने हो भने संसदीय दलमा केपीलाई अल्पमतमा पारे भो त, आट र हिम्मत छ,दम छ,त्यो प्रक्रियामा जाने ? अनि अँध्यारो कोठामा बस्ने सिध्याउने असम्भव,अबान्छित खेलको घरिघरी निकृष्ट अभ्यास र दुस्साहस गर्ने ? पार्टीको नेतृत्वमा भएका उपलब्धिहरुको पूजीकरण नगर्ने, अपनत्व लिन नखोज्ने अनि देशीविदेशी प्रतिक्रियावादीहरुलाई फाइदा हुने गरी ,राष्ट्रिय ताको आन्दोलन कमजोर हुने गरी आगामी दिनको सत्तारोहणलाई गाह्रो पार्ने गरी अण्टसण्ट कुरा गर्ने ? महाधिवेशनसम्म कुर्न सकिन्न ? ५ बर्षसम्म धैर्य गरेर चुनाव लडेर जितेर आउने आट छैन ?

तपाईंहरु कम्युनिस्ट पार्टीको सदस्य , कार्यकर्ता र नेता भएको कति बर्षमा ,कति पटक सत्तामा पुग्नुभो ? अवसरहरुको आहालमा चुर्लुम्म पर्न कति पटक दाम्लो चुडाल्नु भो, याद छ? अर्को पुस्ता सत्तारोहण हुने बाटो बनाउने जिम्मेवारी तपाईंहरुको हो कि हैन ? तपाईंहरु पार्टीमा १०-२० बर्ष काम गर्दैमा जति बेलै सत्तामा टासिरहनु पर्ने हामी तीसौ बर्ष निशर्त , निरन्तर राजनीतिमा क्रियाशीलहरु सत्तामा जोडिनु पर्दैन ? जति बेलै आफ्नो र आफ्ना परिवारको मात्र स्वार्थ पूर्तिमा चुर्लुम्म डुब्ने?
कमरेडहरु थाहा छ कि,छैन वा नजरअन्दाज गरिएको छ। सङ्गठन,सिद्धान्त र संघर्षका हिसाबले पार्टी कहाँ पुगेको छ ? कति भूत्ते र प्राबिधिक भएको छ?

कमिटीहरु कहाँ पुगेका छन् ,बैठक ,भेला,प्रशिक्षण ,कार्यालय गोष्ठी ,प्रकाशन,सदस्यहरुको अद्द्यावधिकरण,अभिलेख,सदस्यता शुल्क,लेबि र कार्यालय ब्यवस्थापन कहाँ पुगेका छन् ? सरकारको बिरोधका लागि बिरोध मात्र गर्दा राम्रा कुराहरूको पूजिकरण र प्रचारप्रसार कहाँ पुगेको छ? एकतापछि बनेका जम्बो कमिटीहरुको हालत के छ ? ती कमिटीमा रहेका ठूलो सङ्ख्याका कमरेडहरुको धन्दा के छ ? चाकरी -चाप्लुसी, निम्नपूजीबादी चिन्तनले ग्रस्त हुन लागेको खबर थाहा छ कि छैन ? कार्यकर्ताहरुले सङ्गठनलाई इमान्दारिपूर्वक शिरमा बोकेको ,महान जनसमुदाय र मतदाताहरुलाई जुरुक्क काधमा बोकिरहेको हेक्का छ कि छैन ?

पूनर्गठन वा नेतृत्व परिवर्तनलाई आगामी निर्वाचन वा पार्टी महाधिवेशन अगाडि सोच्नेसम्मको गम्भीर भूल र आत्मघाती गोल गर्न सक्दै सकिन्न।

यसरी सत्ता र पार्टी सन्चालनको पुनर्गठन यति बेला पूरै बेमौसमी छ । बेतूकको छ,बिबादमा तानिन खोजेकाहरु, ज्ञान, दृष्टिकोण र बिषयगत श्रेष्ठता हासिल गर्न नसकेका बिभागीय मन्त्रीहरु फिर्ता बोलाउन, प्रमाणीकरणको नजिक भए बर्खास्त गर्न, कार्बाही गर्न सकिन्छ । यसरी सरकार वा पार्टीको नेतृत्वको बिनाकारणको परिवर्तन एकातिर आधी-अर्कोतिर झोलूङ्गो जस्तो छ। जनता र सिङ्गो पार्टी पङ्क्तिले अस्वीकार गर्ने खालको छ। रातो मसीले बेठीकको चिन्ह लगाउने खालको छ। बरु प्रभावकारी नेतृत्व दिन नसकेकाहरु, बिबादित भएकाहरु, बिबादमा कार्बाहीको प्रक्रियामा हाल्न सकिन्छ।

पार्टी र सरकार दुबैको चुस्तद्रुस्त सन्चालन ,शक्ति सन्चय, थप क्रान्तिकारी रुपान्तरण र सन्चालनमा नयाँ रक्तसञ्चार गर्न योग्य पार्टीभित्र झनै योग्यतम कमरेडहरुलाई समावेश गर्न सकिन्छ तर पूनर्गठन वा नेतृत्व परिवर्तनलाई आगामी निर्वाचन वा पार्टी महाधिवेशन अगाडि सोच्नेसम्मको गम्भीर भूल र आत्मघाती गोल गर्न सक्दै सकिन्न।