महेन्द्रपुलमा लिफ्टसहितको आकाशेपुल


पोखरा महानगरको केन्द्र महेन्द्रपुलमा लिफ्टसहितको आकाशेपुल निर्माण हुने भएको छ । महानगरले आगामी आर्थिक वर्षमा यसको काम सुरु गर्न १ करोड ४० लाख बजेट बिनियोजन गरेको छ ।

महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै निर्माणाधीन योजना सम्पन्न गर्न ६५ करोड ४४ लाख ९२ हजार रुपैंयाँ बजेट छ । बुधबार सार्वजनकि बजेटमा चालु आवमा काम सुरु गरिएका मोटरेबल पुलहरु भोटीखोला, घोरकुना, फिर्के खोला, स्यानीखोला, स्याङखुदी खोला, बगादी खोला र सिर्जनाचोकको आकाशे पुललाई सम्पन्न गर्नका लागि १३ करोड ५० लाख ४२ हजार बिनियोजन भएको छ ।

वडा न. ३० र ३२ जोड्ने ओर्लाङ खोला पुल, वडा न १४ र १५ जोड्ने कल्भर्ट, वडा न १० र १५ जोड्ने कल्भर्ट, वडा न ५र ८ जोड्ने कल्भर्ट निर्माण गर्न प्रस्ताव गरिएको छ । ७ वटा वडाका कार्यालय भवन निर्माण सम्पन्न गर्नका लागि ६ करोड ११ लाख विनियोजन भएको छ ।

कोरोना संक्रमण फैलिन नदिनका लागि क्वारेन्टाइन तथा आइसोलेसन भवन निर्माणका लागि जिल्ला समन्वय समिति सगँको सहकार्यमा कार्यक्रम संचालनका लागि १० करोड रुपंैयाँ विनियोजन भएको छ । आगामी वर्ष जग्गा व्यवस्थापन गरी महानगरपालिका भवन निर्माण थाल्ने योजनासमेत छ ।

पोखरा महेन्द्रपुलमा ट्राफिक लाइट। व्यस्त चोकहरुमा ओभरहेड र सबवे संरचना निर्माण, अध्ययन डिजाइन कार्यलाइ अगाडि बढाउने जनाइएको छ । स्मार्ट सडक बत्ती व्यवस्थापनको डिपिआर तयार भइसकेको छ भने डिपिआर अनुसार नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा काम गर्न २ करोड रुपैंयाँ विनियोजन भएको छ ।

मुख्य सहरी सडक अस्फाल्ट कंक्रिट गर्ने कार्य निरन्तरताका लागि १४ करोड ३८ लाख ३३ हजार बजेट छ । पोखरा वडा न १७ को आरटिओं सडक स्तरोन्नति निरन्तरताका लागि ७ करोड ३६ लाख १३ हजार महानगरले प्रस्ताव गरेको छ ।

लेक टु लेक केभ टु केभ जोड्ने सडक पनि थाल्ने महानगरले जनाएको छ । महानगरस्तरीय क्रमागत योजनालाई आगामी वर्ष निरन्तरता दिन रसडक मर्मत सम्भार कोष सञ्चालनका लागि पनि बजेट व्यवस्थापन गरेको बजेटमा उल्लेख छ ।

पोखरा बसपार्क व्यवस्थापन र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा लामे आहालमा क्षेत्रीय बसपार्क निर्माणका लागि पनि महानगरले रकम विनियोजन गरेको छ । महानगरभित्र सञ्चालित आयोजनाको गुणस्तर कायम राख्न गुणस्तर मापन प्रयोगशाला सञ्चालन निरन्तरताको व्यवस्था गरिएको छ ।

वडा न ३२ मा कोत्रेमा एकीकृत डिजिटल प्रवेशद्वार प्रणाली जडान गरिने भएको भने सोही वडाको मजुवामा पार्क बनाउन प्रस्ताव गरिएको छ ।

विजयपुर माझठाना सडक, पामे घाटीछिना सडक, मणिपाल ¥यालेचौर सडक ,कालिकाचोक थुम सडक निर्माणका लागि समपुरक साझेदारीका लागि १२ करोड विनियोजन गरिएको छ । ३३ वटै वडामा वडास्तरीय विकास निर्माणका कार्यक्रमका लागि २३ करोड १० लाख बजेट विनियोजन गर्न महानगरको प्रस्ताव छ ।

पोखरा सभागृह मर्मत सम्भार गर्न ३ करोड छुट्याएको महानगरले निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माण प्रक्रियाअघि बढाउने भएको छ । पूर्वाधारतर्फका योजनामा संघीय र प्रदेश अनुदानबाट ५१ करोड ६९ लाख र आन्तरीक स्रोतबाट २ अर्ब २१ करोड ७१ लाख गरी २ अर्ब ७३ करोड ४० लाख बजेट सातौं नगरसभामा प्रस्ताव गरिएको छ ।

हामी बनाउछा्रै हाम्रो महानगर अन्तर्गत सडक निर्माण, खानेपानी लाइन विस्तार, तथा बहुउेद्दश्यीय भवन निर्माणका लागि जनसहभागीतासहित कार्यक्रम सञ्चालन गर्न २० करोड बजेट छ । महानगरको बजेट र यससम्बन्धी ऐनमाथि शुक्रबारबाट छलफल सुरु हुने कार्यतालिका छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं