Author Archive

सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको १ मिलियन डलर लगानी

नेपालको स्थानिय अग्रणी इकर्मस कम्पनी सस्तोडिल डटकममा अब डोल्मा इम्प्याक्ट कोषको लगानी थपिने भएको छ । कोषले सस्तोडिलमा एक मिलियन डलरको अतिरिक्त लगानी गर्ने भएकोे हो। हाल चलिरहेको लगानी जुटाउने काम अन्तर्गत सस्तोडिलले अन्य शेयरधनिहरु सँगसँगै डोल्मा इम्प्याक्ट फण्डबाट पनि कोष संकलन गरेको हो । उक्त लगानी कम्पनीको वार्षिक आम्दानी आगामी १८ महिनामा रु एक अर्व पुर्याउने ुमाईलस्टोनु लक्ष्य हाासिल गर्न प्रयोग गरिनेछ । सन् २०११ मा स्थापित, सस्तोडिल नेपालको… पुरा पढौ

नेकपा स्थायी कमिटी बैठक आह्वान

file pix सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० गते हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको भेटले स्थायी कमिटी बैठकको मिति तय गरेको हो । पार्टीभित्र अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका मुद्दामा विवाद छ । बारम्बार सचिवालय बैठक र स्थायी कमिटी बैठक आह्वान र स्थगतपछि भएको स्थायी कमिटी बैठकले एमसीसीको छिनोफानो गर्ने सम्भावना छ । एमसीसी… पुरा पढौ

आत्महत्या गरेकी युवतीमा संक्रमण

आत्महत्या गरेकी सुर्खेतको सिम्ता गाउँपालिकाकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका ८ की ती २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जनाएका छन् । असार १ गते आत्महत्यापछि पोष्टमार्टम गर्नुअघि उनको कोरोना परीक्षण गरिएको थियो । बुधबार उनमा संक्रमण पुष्टि भएको हो । सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किदा… पुरा पढौ

पोखरा रंगशालामा बढ्यो खेलकुद गतिविधि

file pix तीन महिना पछि पोखरा रंगशालाभित्र खेलकुद गतिविधि शुरु हुन थालेको छ । रंगशालाभित्र खेलकुद गतिविधिको रौनक बढ्दै गएको छ । गत चैतको पहिलो सातादेखि पूर्ण रुपमा बन्द रहेको पोखरा रंगशालामा असारको पहिलो सातादेखि नै खेलकुद गतिविधि विस्तारै बढ्न थालेको हो । व्याडमिन्टन, टेनिस, क्रिकेट, स्क्वास तथा बास्केटबलको गतिविधि बढ्दै गएको छ । क्रिकेट र बास्केटलको गतिविधि शुरु भएको भने बुधबारदेखि हो । ‘स्वास्थ्यका लागि खेलकुद’ । तर खेलकुद… पुरा पढौ

भिजनरी रणनीति नभए ठूला सहरमा कोरोना अनियन्त्रित

१. माइक्रोबस, टाटा सुमो तथा स्कर्पियोमा कोचाकोच मान्छे भरेर बिभिन्न जिल्लाबाट दैनिक हजारभन्दा धेरै मान्छे चोरीबाटोबाट काठमाडौं आइरहेका छन् | भीमढुंगा, फर्पिंग, ककनी, साँगा, टोखा लगायतका दर्जनौं नाकाबाट बिना चेकजांच मान्छे ओइरिने क्रम बढिरहेको छ | प्रहरीप्रशाशन आवतजावत ब्यबस्थित गर्न असफल भएको छ | २. काठमाडौंका सडकमा ट्राफिक जाम छ | जोरबिजोरमा कुनै कडाइ छैन |३. बजारमा कोरोनापूर्वको अवस्था छ | भीडभाड छ | भौतिक दुरी कसैले पनि पालना गरेका… पुरा पढौ

गजल

यो जिन्दगीभरिको लगानी देखेरभए भरका सपना खरानी देखेर म टोलाउँछु घरी घरी आजहुर्किएको काखको नानी देखेर कहीं पनि सुरक्षित छैनन् चेलीधिक्कार लाग्छ छोरीको जबानी देखेर ! कहाँ, कति बेला लुटिन्छ अस्मिताडर लाग्छ साँझ अनि बिहानी देखेर बलात्कारीलाई फाँसी दिन्छौ कहिले ?दुःख लाग्छ सरकारको आनाकानी देखेर। पुरा पढौ

निबन्ध : झरेर पनि फूलौं र मरेर पनि बाचौं !

देश, मुलुक हो, राष्ट्र हो । देश नागरिकहरुको साझा घर पनि हो । भौगोलिक रुपमा सीमाबद्ध परिधि हो देश । विकास उन्नति, प्रगतिको पर्याय हो । युवा देशका संवाहक हुन् भने उद्यमशीलताले कुनै पेसा व्यवसायलाई सङ्केत गर्दछ । १८–४० वर्ष उमेर समूहका व्यक्ति युवा अन्तर्गत पर्दछन् । राष्ट्रका अमूल्य सम्पत्ति,वर्तमानका साझेदार युवा भविष्यका भरोसा समेत हुन् । मनभरी साहस, आँट, धैर्यता, चेतना, पुरुषार्थ रहेका युवाशक्ति नै देश निर्माणका बलिया आधार… पुरा पढौ

पुम्दीकोट परियोजनालाई गण्डकी सरकारले सघाउने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माणाधीन बिशाल महादेवको मुर्तिसहितको परियोजनालाई सफल पार्न प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् । बुधबार उक्त परियोजनाको निर्माण स्थल पुम्दीकोट पुगेका ख्यमन्त्री गुरुङले बिशाल महादेवको मुर्ति निर्माण परियोजनालाई सफल पार्न प्रदेश सरकारले केही न केही सहयोग गर्ने बचन दिएका हुन्। मुर्ति निर्माणको लागि तत्काल आवश्यकताको आधारमा केही न केही आर्थिक सहयोग गर्ने बताएका मुख्यमन्त्री गुरुङले उक्त परियोजना सफल पार्न सवैको… पुरा पढौ

शिक्षामा गुणस्तर सुधारौं, आवासीय शिक्षालय बनाऔं : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बिद्यालयमा अब प्राविधिक शिक्षा र मर्जरसँगै आवासीयसहितको बिद्यालयको अवधारणा अनुसार अघि बढ्नुपर्ने बताएका छन् । उनले शिक्षामा सुधार गर्न मर्जर र गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । बुधबार पोखरा २२ स्थित शुक्रराज मावि र माविको खेल मैदानको अवलोकन पश्चात पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले माध्यमिक तहको शिक्षाको आमूल परिवर्तन गर्न मर्जर र गुणस्तरमा बिशेष ध्यान दिन आग्रह गरेका हुन्। शुक्रराज माविले हाल संचालन गरेको… पुरा पढौ

चीनसँगको भिडन्तमा मारिने २० भारतीय सैनिकको नाम सार्वजनिक

file pix लद्दाखस्थित गलवान उपत्यकामा चिनियाँ सेनासँग भिडन्त हुँदा मारिएका २० जना भारतीय सैनिकको नाम सार्वजनिक गरिएको छ। भिडन्तमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाही मारिएका थिए। चीनतर्फ के कस्तो हताहती भयो भन्ने चाहिँ चीनले अझैसम्म पनि खुलाएको छैन। १. एम-कर्णेल बी सन्तोष बाबु- हैदराबाद २. एस-नायक सुबेदार नुदुरम सोरेन( मयूरभन्ज) ३. एम-नायक सुबेदार मन्दीप सिंह- पटियाला ४. एक्स- नायक सुबेदार सतनाम सिंह-गुरदासपुर ५.… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं