गजल

यो जिन्दगीभरिको लगानी देखेर
भए भरका सपना खरानी देखेर

म टोलाउँछु घरी घरी आज
हुर्किएको काखको नानी देखेर

कहीं पनि सुरक्षित छैनन् चेली
धिक्कार लाग्छ छोरीको जबानी देखेर !

कहाँ, कति बेला लुटिन्छ अस्मिता
डर लाग्छ साँझ अनि बिहानी देखेर

बलात्कारीलाई फाँसी दिन्छौ कहिले ?
दुःख लाग्छ सरकारको आनाकानी देखेर।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।