निबन्ध : झरेर पनि फूलौं र मरेर पनि बाचौं !

देश, मुलुक हो, राष्ट्र हो । देश नागरिकहरुको साझा घर पनि हो । भौगोलिक रुपमा सीमाबद्ध परिधि हो देश । विकास उन्नति, प्रगतिको पर्याय हो । युवा देशका संवाहक हुन् भने उद्यमशीलताले कुनै पेसा व्यवसायलाई सङ्केत गर्दछ । १८–४० वर्ष उमेर समूहका व्यक्ति युवा अन्तर्गत पर्दछन् । राष्ट्रका अमूल्य सम्पत्ति,वर्तमानका साझेदार युवा भविष्यका भरोसा समेत हुन् । मनभरी साहस, आँट, धैर्यता, चेतना, पुरुषार्थ रहेका युवाशक्ति नै देश निर्माणका बलिया आधार स्तम्भ हुन् । सचेत युवा शक्ति जोस, जाँगरले जुर्मुराएर उद्यममा लागे नै समृद्ध राष्ट्र निर्माण हुन सक्दछ ।

देशमा कूल जनसङ्ख्याको करिब ४० प्रतिशत युवा छन् । बाँकी ६० प्रतिशत बालबालिका र वृद्धवृद्धाको आड भरोसा मात्र होइनन् युवा देशलाई अग्रगतिमा विकास पथमा लम्काउने जिम्मेवारी समेत यिनमा छ । नेपालका सन्दर्भमा युवाहरुलाई विद्रोहको साधन मात्र बनाएर भ्रष्ट मानसिकताले शासन ग¥यो । हरेक आन्दोलनको रणभूमिमा युवालाई नै प्रयोग गरियो अनि गरिँदै छ ।

अव्यवहारिक र अवैज्ञानिक शिक्षापद्धतिका कारण शिक्षाका नाममा बेरोजगारीको प्रमाणपत्र मात्र भिराइँदा आजका युवामा निरासा बढ्दै छ । युवाहरु कामको खोजिमा विदेश पलायन हुने क्रम बढ्दो छ । वैदेशिक रोजगारीलाई विकल्प बनाएर स्वदेशका सुन फल्ने फाँटहरु बाँझै छाड्नु कत्तिको बुद्धिमता होला एक पटक सोचौँ त ? बेरोजगारी समस्याको विकल्प विदेश पलायन होइन स्वदेशमै रोजगारीको सिर्जना हो,उद्यमशीलता हो भन्ने कुरा बुझ्न अब ढिला गर्नु हुँदैन । सिर्जनशील, सिपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर सिर्जना गरिदिने दायित्व राज्यको हो ।

आज हामी पुर्खाको त्याग, तपस्या र बलिदान भुलेर केबल स्वार्थमा तल्लीन भयौँ भने सहिदका आँसुले पोल्ने छ हामीलाई । धिक्कार्ने छ

राज्यले युवाहरुलाई बेवास्ता गरी बनाएका नीति नियमले देश विकासको रेखा कोर्दैन । युवाशक्तिमा देश र नेतृत्व वर्गप्रति वितृष्णा पैदा भए फेरि हतियार उठ्न सक्छ, देश युद्धमा फस्न सक्छ त्यसको परिणाम हामीले भोगिसकेका छौँ नै । त्यसैले नेतृत्व वर्गले समयमै यस बारे विचार गर्न ढिलो गर्नु हुँदैन । आँधिहुरी, सुनामी,बाढी पहिरो लगायत जस्तो सुकै खतराको वास्ता नगरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हिजोका युवाले ज्यानको बाजी राखेर कर्म नगरेको भए हामी र हाम्रो समाज यो अवस्थामा आइपुग्ने थिएन । युवाहरुकै पहलकदमी मानसिकताले कल्पनाले सार्थकता पाएको हो । हिजोका युवाहरुले हामी र हाम्रो देशका निम्ति हाँसीहाँसी फाँसीमा चढ्न तयार नभएको भए आज हामी स्वाधीन र स्वतन्त्र भएर बाँच्न पाउने थिएनौँ ।

आज हामी पुर्खाको त्याग, तपस्या र बलिदान भुलेर केबल स्वार्थमा तल्लीन भयौँ भने सहिदका आँसुले पोल्ने छ हामीलाई । धिक्कार्ने छ इतिहासले, सराप्ने छन् भावी पुस्ताले पनि । स्वाबलम्बी बनेर पराश्रित हुन छोड्नु छ हामीले । आफ्नै पाखुराको आधार र आफ्नै पैतालाको संसार निर्माण गर्नु छ । अरुमै दोषारोपण गरेर आफू पानीमाथिको ओभानो बन्न खोन्नु हँुदैन अब । नेतृत्व वर्गका कमी कमजोरीमा खबरीदारी गर्दै सुधार्न दबाब दिनु छ युवा जमातले । अन्धभक्त बनेर कसैका पछि नलागि असल र खराब, सत् अनि असल पहिचान तरेर विवेक पु¥याउनु छ बेलैमा पछि पछुताउनुभन्दा ।

समयको माग र आवश्यकता बुझेर प्लेटो सुकरात,अरस्तु बनेर गर्नु छ सभ्यताको विकास । माक्र्स, लेलिन, माओ बनेर सामाजिक राजनीतिक क्रान्ति ल्याउनु छ । बुद्ध, महावीर विवेकानन्द अनि ओशो बनेर ल्याउनु छ आध्यात्मिक जागरण । डार्विन, आइन्सटाइन, पास्चर, क्युरीले झै भित्र्याउनु छ वैज्ञानिक चमत्कार । गान्धी भएर लड्नु छ स्वाधीनताका पक्षमा । तेन्जिङ बनेर सगर झै चुलिनु छ । मन्डेला बनेर जनताका हृदयमा विराजमान हुन कोसिस गर्नु छ । फ्लोरेन्स,टेरेसा र ड्युना भएर मानव सेवामा समर्पित गर्नु छ आफूलाई । सेक्सपियर, मिल्टन, गेटे, व्यास, कालिदास र देवकोटा भई भाषा साहित्यको सेवा गर्नु छ । युवाले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने ?

समय वाणबाट छुटेको तिर जस्तै हो । बगेको खोला जस्तै हो पर्खन्न र फर्कन्न पनि यो । समय कर्म हो । समय अनुसार कर्म नगर्नेहरु रोम जलिरहेको बेला बाँसुरी बजाउने निरोझैँ पतित बन्छन् । जुलियस सिजरको हतियारझै खिया लाग्छन् । ओरालो लागेको मृगझै खेदिन्छन् त्यसैले समयको माग अनुसार उद्यमशील बन्नु छ र भन्नु छ दुनियाँलाई हामी परिश्रमी र स्वाधीन नेपाली हौँ भनेर । बनाउनुछ हामी आफैले आफ्नो देश, कोर्नु छ आफैँ आफ्नो भविष्य । विनोद चौधरी, शेष घले, अनिता रोडिक, फे्रड स्मिथ, हेनरी फोर्ड, धिरुभाइ अम्बानी, सेम वाल्टन, विल गेट्स, जिलेट, दीलिप अग्रवाल, अजय सुमाग्री जस्तै उद्यमी बनेर गर्नु छ देश विकासमा हातेमालो । यी र यस्तै आदर्श पात्रहरुलाई अनुशरण गरे कमाउन सक्छौँ लोकप्रियता ।

समय वाणबाट छुटेको तिर जस्तै हो । बगेको खोला जस्तै हो पर्खन्न र फर्कन्न पनि यो । समय कर्म हो । समय अनुसार कर्म नगर्नेहरु रोम जलिरहेको बेला बाँसुरी बजाउने निरोझैँ पतित बन्छन् । 

विविधतायुक्त हाम्रो मुलुक अनेक सम्भावनाको अपार खानी हो । स्रोतको उचित परिचालन गरेर कर्म गरे फलाउन सकिन्छ आफ्नै आँगनमा सुन । देशले के दियो ? भनेर प्रश्न मात्र नगरी मैले देशका लागि के गरँे ? भनेर आफैँलाई सोध्ने हो भने पनि कयौँ प्रश्न अनुत्तरित बन्दैनन् । सजाउन लाग्नु छ अब आफ्ना सिर्जनाले मुलुकको मुहार र गतिलो झापड हान्नु छ नेपाली युवाको अपमान गर्नेहरुलाई । अगाडि आइपरेका समस्याहरुसँग डराएर केबल धर्तीको बोझ बनेर बाँच्नु र मर्नुको कुनै अर्थ रहँदैन । हामी झरेर पनि फुल्ने र मरेर पनि बाँच्ने गरी मर्नु छ । दुःखमा धैर्य गरेर समस्याको समाधान गर्न सकेमात्र मानव भएर बाँच्नुको सार्थकता भेट्न सकिन्छ ।

युवाहरु क्षणिक सुख सयल र मनोरञ्जनमा भुलेर मोजमस्तीमा समय बिताउने हो भने समाजमा सुशासन कसरी स्थापित होला र ? पुराना मूल्य मान्यतालाई तोड्दै नवमूल्य मान्यता स्थापित गरी विकृति रहित संस्कार जोगाउनु छ । युवाहरु अब अरुले गरिदेला र म खाउँला भनेर बस्ने बेला छैन । यदि यस्तै सोचले चुप बसे विकास आकासको फल आँखा तरी मर भन्ने उखान जस्तै हुने कुरालाई नकार्न सकिँदैन । युवाहरुमा शरीरमा तागत र स्फूर्ति मात्र हुँदैन उनीहरुमा कुन काम कसरी गर्ने भन्ने नवीन सोच समेत हुन्छ । युवाहरुको सकारात्मक सोचले नै विकास सम्भव छ, अग्रजबाट सल्लाह लिएर आधुनिक प्रविधिको प्रयोगले काम गरे हरेक काममा सफल हुन सकिन्छ । असम्भव त अल्छीहरुको शब्दकोशमा मात्र हुन्छ ।

विश्व २१ औँ शताब्दीको वैज्ञानिक चमत्कारले ज¥याकजुरुक उठिसक्दा पनि व्यक्तिगत स्वार्थमा रहेर अरुमाथि दोष थुपारेर लमतन्न सुतिरहने हो भने विकासका कुरा त एकादेशको कथा बन्ने छ । आफूले आर्जन गरेको ज्ञानलाई हामीले व्यवहारमा उतार्न सक्यौँ भने अनि आफ्नो जोस जाँगरलाई राष्ट्रनिर्माणमा लगायौँ भने ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराले बल्ल सार्थकता पाउने छ । विकास र उन्नति सबैको चाहना हो र त्यो चाहना पूरा गर्न सक्ने क्षमता युवाशक्ति मै छ । युवा उद्यमशीलताले नै देशको मुहार फेरिन सक्छ । युवाले उद्यम गरे बेरोजगारी घट्छ, आत्मनिर्भर बनिन्छ, अर्थतन्त्रमा सुधार आउँछ । युवा देशका मेरुदण्ड हुन् । मेरुदण्ड बिना जसरी शरीरको कल्पना गर्न सकिँदैन त्यसरी नै युवा उद्यमशीलता बिना पनि देश विकासको कल्पना गर्न सकिँदैन ।

युवाहरुले चाहे पहाडलाई मैदान र मैदानलाई पहाड बनाउन सक्छन् । मरुभूमिलाई हराभरा पार्न अनि समुन्दमा बस्ती बसाल्न सक्छन् ।

विकृति र विसङ्गतिमा मस्त भई कुलतमा फसेका युवाहरुमा चेतना जगाई अब तिनलाई कर्ममा जुटाउनुछ । देश बाहिर बसेर देशका बारेमा नकारात्मक टीका टिप्पणी गर्नुभन्दा देश भित्रै बसेर समस्या समाधानमा जुटौँ र उद्यमी बनेर उठौँ देश विकासमा एक भएर । देशका कुना कन्दराबाट फुटाउन विकासको मूल ।

हामीसँग केही कुराको कमी छैन उद्यमशीलताका लागि खाँचो छ भने केबल उद्यमशील सोचको । सरकारले पनि उद्यम गर्न चाहनेका लागि सस्तो र सरल कर्जा प्रवाह गर्ने नीति लिएको छ । खाली दिमागमा सैतानको बास हुने भएकाले युवाहरु उद्यमशील भए उनीहरुमा नकारात्मक सोच आउन पाउँदैन । खाएर काम नगरे पापी बनिने साथै उद्यम बिना जसले समय बिताउँछ ऊ ज्यूँदै मरे समान हुन्छ भनेर शास्त्रहरुमा समेत भनिएको छ । ‘जित्नेहरु कुनै फरक काम गर्दैनन् उनीहरु हरेक काम फरक किसिमले गर्छन् ’भनेर शिव खेडाले त्यसै कहाँ भनेका हुन् र ? जित्नु छ त्यसैले फरक ढङ्गले काम गरेर चम्कनुछ जगत्मा ।

आज विश्वमा विकासको अग्रगतिमा रहेका चीन, जापान, अमेरिका जस्ता मुलुकहरु पनि युवा उद्यमशीलताकै कारण यो स्थितिमा पुग्न सफल भएका हुन् । युवामा काम गर्ने जोससँगै नवीन सोच र स्मृति क्षमता समेत हुन्छ । युवाहरुले चाहे पहाडलाई मैदान र मैदानलाई पहाड बनाउन सक्छन् । मरुभूमिलाई हराभरा पार्न अनि समुन्दमा बस्ती बसाल्न सक्छन् । युवाहरु अशक्तहरुका आशा भरोसाका मूल हुन्, सृष्टि सौन्दर्यका खानी र फर्केका फूल हुन् । देशको धुकधुकी धान्ने पसिना रक्त हुन् साथै युवाले नआँटे देश बन्दैन त्यसैले आँटका भक्त हुन् । यस किसिमले हरेक दृष्टिकोणले हेर्दा देश विकासमा युवा उद्यमशीलताको अतुलनीय भूमिका रहने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

दाङसिङ–८ नुवाकोट
हाल पोखरा–११

gkfriend8@gmail.com