पोखरा महानगरले ६ अर्व १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ । खर्चतर्फ ३ अर्व २० करोड ८४ लाख र पुँजीगत खर्च तर्फ २ अर्व ९८ करोड ८८ लाख छ ।
बजेटमा प्रशासनिक खर्चमा १ अर्व ५८ करोड ४ लाख र कार्यक्रम खर्चतर्फ ४ अर्व ६१ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ । जसमध्ये चालु खर्चतर्फ ५२ प्रतिशत र पुँजीगत तर्फ ४८ प्रतिशत छ । प्रशासिनक तथा सञ्चालनतर्फ २६ प्रतिशत र कार्यक्रम तर्फ ७४ प्रतिशत छ ।
महानगरका उप्रमुख मञ्जुदेवी गुरुङले बुधबार महानगरको बजेट प्रस्तुत गरेकी हुन् ।





