Author Archive

कविता : दियो र आगो

जल्दै गरेको दियोबल्दै गरेको आगो !कसलाइ के थाहा को कहिले सकिन्छ ?तैपनि जल्नुको खुशीमाबल्नुको खुशीमायि दुबै जलीरहेछन्यि दुबै बलीरहेछन् ! यो नभमा हजारौंतक बिजुली चम्किइरहन्छ !बर्षा भइरहन्छ !तर के थाहा चम्कनुर बाछीटा भएर सकिनुकोअसर कहिले कसलाइ पर्छर पनि यि दुबै खसीरहेछन् !खस्नुको खुशीमा !सकिनुको आहुतिमा ! ठिक त्यस्तै गरेरठिक त्यस्तै गरेरजीवन पनि त्यसै त्यसै सकिन्छ !त्यसै त्यसै भरा भरामा भरीन्छ !र डोर्यायर आहुतिहरुलाइ !र यो सकिनुको कुन डौडाइ थियो !यो… पुरा पढौ

कथा : पटके मृत्यु

बैठक कोठामा बसी रामचन्द्रले आफ्ना सात वर्षे छोरी र नौ वर्षे छोरालाई नैतिक शिक्षा दिइरहेका थिए । उनी एउटा सरकारी अफिसका सुब्बा तहका कर्मचारी थिए । उनका आफ्नै उमेरका ऋषिकेश नामका भान्जा पनि त्यसदिन सँगै थिए । ऋषिकेश पनि मामाकै तहका कर्मचारी थिए । उनी सदाचारी थिए । मामाको अकुत सम्पत्ति कमाइबारे उनलाई राम्ररी थाहा थियो । भान्जालाई समेत प्रभाव पार्ने मनसायले रामचन्द्रले सुनाउँदै गए । मानिस जन्मेपछि एक पटकमात्र… पुरा पढौ

म्याग्दीको मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता

सांकेतिक तस्बिर म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन्। धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन्। मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए। उनका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना पहिरोमा परी बेपत्ता भएका हुन्। सोही वडाको… पुरा पढौ

पोखरामा वर्षाको कहर : ७ जनाको मृत्यु, ११ घाइते

अविरल वर्षाले पोखरा महानगरका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ । बिहीबार साँझदेखि परेको वर्षापछि विभिन्न ठाउँमा आएको पहिरोले ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले पोखरा २५ हेमजाको मेलबाट भन्ने ठाउँमा रामचन्द्र अधिकारीको घर पहिरोले भत्किँदा रामचन्द्रकी आमा हिमकलाको मृत्यु भएको बताए । पोखरा–२६ मा आएको पहिरोमा परी घर भत्किँदा एक जनाको मृत्यु भएको छ । दुर्गाबहादुर सुनारको घर भत्किँदा… पुरा पढौ

गण्डकीमा ११६२ संक्रमित

गण्डकी प्रदेशमा शुक्रबार बिहान १३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । अब प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । अब गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ६ सय ३३… पुरा पढौ

आचार्यलाई एकीकृत अखिल नेपाल शिक्षक संगठनको स्वागत

पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका नवनियुक्त प्रमुख उपसचिव हेमप्रसाद आचार्यलार्इ एकीकृत अखिल नेपाल शिक्षक संगठनले स्वागत गरेको छ । संगठन जिल्ला समन्वय समिति कास्की अध्यक्ष तारानाथ पौडेलको नेतृत्वमा गएको टोलीले बिहीबार आचार्यलार्इ स्वागत गरेको हो । अध्यक्ष पौडेलले आफ्नै जिल्लामा समाज परिवर्तनको संवाहक क्षेत्र शिक्षा क्षेत्रको नेतृत्व सम्हाल्न आएकोमा आचार्यलाई बधाई ज्ञापन गरे । उनले आगामी दिनमा पोखरा महानगरपालिकाको शिक्षाको सुधारमा हातेमालो गर्न संगठन तयार रहेकोसमेत उल्लेख गरे । संगठनका… पुरा पढौ

कविता : नक्सलबारी

गणतन्त्रको मन्दिरमाजब खेल्न थालिन्छ सत्ताको अवैध खेलप्रजातन्त्रको पाठेघरमाजब हुर्कन थाल्छ कूटनीतिको आतङ्की बिरुवा बाटोलाई पटक्कै मन पर्दैन जब पाखण्डी पाइलामाटोलाई पटक्कै मन पर्दैन जब सामन्ती गन्ध संविधानले जब चिम्लिदिन्छ आँखाझन्डाले देख्दैन पसिनाको रङलालफिताशाही जब कुल्चेर हिँड्छन्सर्वहारा सरिसृपका अङ्ग अङ्ग सत्ताका भीमकाय आँखाले जब देख्न छाड्छन्भुइँफुट्टा जीवहरूइतिहासका हातले जब लेख्न छाड्छन्अपठ्यारा अक्षरहरू सतहबाट बलजफ्ती उखालिएपछिविस्थापित विच्छिन्न पाइलाहरू जबभोकको पुल्टो बालेर हिँड्छन् जङ्गल जङ्गलअनि चौकीलाई देख्छन् दुस्मन दुस्मनजन्मन्छ एउटा बेनामी क्रान्ति… शोषकको… पुरा पढौ

पोखरामा पनि सशुल्क कोरोना जाँच हुने

गण्डकी प्रदेशका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा सशुल्क पिसिआर जाँच हुने भएको छ । प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना जाँच गर्नुपर्ने प्रोटोकलभन्दा बाहिरका व्यक्तिले यहाँ ५ हजार ५ सय रुपैयाँ तिरेर पीसीआर जाँच गराउन सक्ने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नारायणी अस्पताल वीरगञ्ज, कोशी अस्पताल, लुम्बिनी अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र धनगढी अस्पताललाई सःशुल्क परीक्षणको अनुमति दिएको हो । पुरा पढौ

सरकार, टेस्ट घटायौं कि विवरण लुकायौं ?

पछिल्ला दिनको संक्रमितको ग्राफ हेरेपछि जनस्वास्थ्य विद् डा समीरमणि दीक्षितलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ याद आउँछ । अमेरिका लकडाउनका लागि नबनेको टिप्पणी गर्ने ट्रम्पले केही दिनअघि जाँच कम गरिदिए संक्रमितको संख्या कम आउने र टन्टो नै साफ हुने आशयको अभिव्यक्ति दिएका थिए । नेपालमा पछिल्लो २४ घन्टामा १ सय ८ जनामात्र नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो तथ्यांकमा विज्ञहरुको त कुरै छाडौं, सर्वसाधारण… पुरा पढौ

नेपालमा आजदेखि केही भारतीय टिभी बन्द

प्रधानमन्त्री, नेपाल र नेपालीविरुद्ध तथ्यहीन रआपत्तिजनक सामग्री प्रशारण गर्न थालेपछि नेपालमा भारतीय समाचारमूलक टेलिभिजन च्यानल बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय च्यानल बन्द गरेका छन् । भारतीय सरकारी टेलिभिजन दुरदर्शन भने बन्द गरिएको छैन । नेपाल केवल टेलिभिजन महासंघको आजको बैठकले बिहीबार साँझदेखि यो निर्णय गरेको महासचिव रामकुमार बस्नेतले बताए । भारतीय च्यानलहरुले नेपालले चीनको उक्साहटमा भारतीय भूमि मिचेको, चीनको इशारामा नेपाल चलेको दाबीसहित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं