कथा : पटके मृत्यु

बैठक कोठामा बसी रामचन्द्रले आफ्ना सात वर्षे छोरी र नौ वर्षे छोरालाई नैतिक शिक्षा दिइरहेका थिए । उनी एउटा सरकारी अफिसका सुब्बा तहका कर्मचारी थिए । उनका आफ्नै उमेरका ऋषिकेश नामका भान्जा पनि त्यसदिन सँगै थिए । ऋषिकेश पनि मामाकै तहका कर्मचारी थिए । उनी सदाचारी थिए । मामाको अकुत सम्पत्ति कमाइबारे उनलाई राम्ररी थाहा थियो । भान्जालाई समेत प्रभाव पार्ने मनसायले रामचन्द्रले सुनाउँदै गए ।

मानिस जन्मेपछि एक पटकमात्र मर्नु पर्दछ । धेरै मानिस धेरै पटक मर्दछन् । तिनीहरूको देखिने जीवन र वास्तविक जीवन फरक फरक हुन्छ । जैविक मृत्य हुनु अगावै मर्ने मानिसलाई मानिसको श्रेणीमा राख्नु हुदैन ।

मान्छे मरेपछि पनि फेरि बाच्दछ त बुवा, छोरीले सोधिन् । चोरी, ठगी, भष्टाचार, झुटो बोल्ने व्यक्ति र त्यस्ता व्यक्तिले भनेको मान्ने समेत धेरै चोटी मर्दछ । रामचन्द्रका छोराछोरीलाई मर्नु दुखदायी हुन्छ भन्ने कुरा प्रष्ट थाहा थियो । रामचन्द्रले एउटा धेरैचोटी मरेको कथा सुनाए ।

एक पटक एक जना सानो कदका कर्मचारी कामको सिलसिलामा एउटा गाउँ हुँदै जाँदै थिए । उनको भेट बाटोमा साँझपख एक पाका गाउँलेसँग भयो । ती गाउँलेले उनलाई आफ्नो घरमा बाँस बस्न अनुरोध गरे । दुबै जना घर आए । गाउँलेले मासु किनेर ल्याएका थिए । गाउँलेको घरमा उनकी बुढी मात्र थिइन् । अबेर साँझ गाउँले र ती कर्मचारीले मासु भात खान थाले ।

अचानक कर्मचारीको घाँटिमा हाड अड्कियो । सास फेर्न नसकेर एकै छिनमा उनको मृत्यु भयो । अब बुढाबुढीलाई फसाद पर्यो । तिनीहरूको आपसी सल्लाहले बुढीले त्यो लास बोकिन् । एउटा डक्टरको घरमा पु(याइ भ(याङको छेउमा सुताएर बच्चा बिरामी भएको छ हेर्दिनु प(यो भनि घर फर्के ।

डक्टर खाना खाएर भ(याङ ओर्लदै गर्दा ठक्कर लागेर त्यो लास तल झ(यो । उनले हतार हतार नाडि छामे । डक्टरले बच्चा मरिसकेको ठाने । त्यो बच्चाका आमाबुवा आउनुभन्दा पहिल्यै नै झमेलाबाट उन्मुक्ति पाउन त्यो लासलाई नजिकैको भण्डारेको घरको भित्र एउटा कुनामा राखी फर्के । उनी फर्केलगत्तै रक्सी खाएको भण्डारे कराउँदै घर आइ पुगे । भण्डारेले बत्ती बाल्दा त्यो लास देखे । एउटा चोर कुनामा चुपचाप लुकेको उनले ठाने । एउटा दरिलो दाउराले भण्डारेले चोर ठानेको लासको टाउकोमा बजाए । हलचल नगरेपछि भण्डारेले त्यसलाई छामे । सास नफेरेकाले एकै चोटले मरेको उनलाई लाग्यो । चोरै भए पनि मारेकोमा आफुलाई सजाय हुने हुदा उन्मुक्तिको लागि त्यो लास बोकी बाहिर निस्के ।

एउटा घरको बन्द सटरमा ठडाएर त्यो लास राखे । बाटोमा लास बोकि हिडदै गर्दा एउटा टोप पनि भेटिएको थियो । साथमा ल्याएको त्यो टोप पनि लासको टाउकोमा भिराइ उनी घर फर्के । त्यो टोप एउटा प्रहरीको रहेछ । प्रहरी आफ्नो बाटोमा छुटेको टोप खोज्दै फर्केर आउदा केटाले लगाएर काइदासाथ उभिएको देखे । प्रहरीले एक थप्पड के जमाएका थिए त्यो पल्ट्यो । प्रहरीले एकै चोटले मरेको ठाने । यसरी एक घण्टा भित्रमा ती कर्मचारी चार पटक मरे ।

ती मर्ने कर्मचारी भष्टचारी थिएनन् होला । उनी भवितव्यले गर्दा एकै चोटि मरेका थिए । हाम्रोमा इमान्दारीलाई यसैगरी धेरै चोटी मारिन्छ । भष्टलाई पुरस्कृत र पदोन्नति गरिन्छ । ऋषिरामले निराशासाथ भने । रामचन्द्रका छोराछोरी मर्ने मार्ने र पिटने कुराबाट भयवित भइसकेका थिए ।

आफ्नो मामाको छलछामको व्यवहारले कमाएको कालो धनलाई छोराछोरीले अवश्य पनि पछि घृणा गर्नेछन् भन्ने ऋषिरामले मनमनमा सोचिरहेका थिए । उनले मामाका भष्ट कार्यहरु अरुलाई थाहा छैन भन्ने मामाको सोचाईप्रति पनि टिठ लागिरहेको थियो । छोराले पाँच दिन अघिको आफ्नो घरको घटना सम्झेँ ।

एउटा डरलाग्दो अन्कल आएर पाँच लाखको चेक दिएको थियो । त्यो चेकको रकम ममीको खातामा जम्मा गर्ने भनिएको थियो । बाबाले एउटा त्यो र बीस वटा जति अरु समय मिलाएर रातिमा काटनु भनेका थिए । पछि रामचन्द्रका छोराले बीस वटा के काटने भनेको हो बुवा भनी सोधेका थिए । रामचन्द्रले बीस वटा मुला काटने भनेको हो । तर यो कुरा कसैलाई नभन्नु भनेका थिए । रामचन्द्रका छोराले झुटो बोल्नु हुदैन भन्ने शिक्षा पाइसकेका थिए ।

त्यसैले उनले भने, शनिवारको दिन ममिको खातामा पाँच लाखको चेक…। भान्छामा काम गरिरहेकी रामचन्द्रकी बुढीले यो सुनी आँखा तर्दै बाहिर आएर भन्न थालिन्के, नचाहिदो कुरा बच्चाहरुसंग गरिरहनु भएको छ ?

ऋषिरामले भने, बच्चाहरूलाई पनि आफ्नो कुरा भन्न दिनु पर्दछ । मामाले बरु नैतिक शिक्षा दिईरहनु भएको छ।्र भाइले के नराम्रो कुरा गरेका छन् र माइजू यसरी रिसाउनु हुन्छ । त्यसपछि ऋषिराम मन्द मुस्कानको साथ, रामचन्द्र ग्लानीको भावले मरेतुल्य भएर रामचन्द्रकि बुढी क्रोधको भावले एक अर्कोको मुखमा पालैपालो हेराहेर गरिरहे ।