गण्डकीमा ११६२ संक्रमित

गण्डकी प्रदेशमा शुक्रबार बिहान १३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । अब प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

अब गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ६ सय ३३ पुगेको छ ।