Author Archive

सरकारले रातो किताबको सम्मान गरोस्

कास्की निर्वाचन क्षेत्र नं. २(ख) जुन मैले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र अन्तर्गत पर्दछ । यसको एक निर्वाचन क्षेत्र १ सडक अन्तर्गत नारायण थान पूल, भलाम खोला पुल चण्डिपाटन देउराली हुँदै अर्मलासम्मको सडकलाई यो ३ वर्षको अवधिमा १२ करोड १० लाख रकम विनियोजन भइरहेको छ तर रातो किताब अनुसार नारायण थान पुलबाट सडक सुरु गर्नुपर्नेमा, करिब २ किमि बाटो छाडेर भलाम खोलाबट माथि पट्टि मात्र काम बढेको छ । रातो किताब… पुरा पढौ

बागलुङमा बन्ने भयो ‘जुलोजिकल पार्क’

बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ । सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो । आर्थिक वर्ष २०७६र७७ मा विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरी आव २०७७र७८ मा निर्माणकार्य थाल्न बजेटसमेत विनियोजन भएको छ । जुलोजिकल पार्क निर्माण गर्नका लागि आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्शनले रु आठ लाखको लागतमा सम्भाव्यता अध्ययनसहित डिपिआर तयार गरेको थियो । रु २४ करोडभन्दा… पुरा पढौ

नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक पुनः दुई दिनपछि सरेको छ । बैठक यही असार २६ गते बिहान ११ बजेका लागि राखिएको नेकपाका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुको छलफल चलिरहेकाले बैठक पुनः सरेको हो । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ¬‘प्रचण्ड’ बीच पछिल्ला दिनमा… पुरा पढौ

प्राडा सरोज कोइराला क्याम्पस प्रमुख नियुक्त

प्राडा सरोज कोइराला पृथ्वीनारायण क्याम्पसको क्याम्पस प्रमुख नियुक्त भएका छन् ।त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषदले मंगलबार यो निर्णय गरेको हो । पृथ्वीनारायण क्याम्पसको अंग्रेजी विभागमा कार्यरत कोइरालाले बुधबारदेखि कार्यभार सम्हाल्ने छन् । पुरा पढौ

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण भएको छ । मंगलबार बोल्सोनारो आफैंले यो सार्वजनिक गरेका हुन् । ‘सबैलाई थाहा थियो, ढिलोचाँडो यसबाट जनसंख्याको धेरै हिस्सा प्रभावित हुनेछन् । म पनि पोजेटिभ देखिएको छु,’ उनले भने । सोमबार कोभिड–१९ जाँच गराएका उनको रिपोर्ट पोजेटिभ आएको छ । यसअघि, कोरोन भाइरसलाई सामान्य फ्लु भन्ने उनी र्याली र सार्वजनिक कार्यक्रममा मास्कबिना नै सहभागी हुन्थे । पुरा पढौ

कांग्रेसको संकल्प प्रस्ताव : १ घर १ पिसिआर जाँच गर

कोभिड १९ नियन्त्रणमा सरकारको कदम प्रभावकारी नभएको ठहर गर्दै नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गराएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार प्रदेशमा १ घर १ पिसिआर जाँच गर्न सरकारलाई निर्देशन माग गर्दै प्रस्ताव दर्ता गराएको हो । कांग्रेस सांसदहरु मेखलाल श्रेष्ठ, कुमार खड्का र सरिता गुरुङले प्रस्ताव दर्ता गराएका हुन् । कोरोना समुदायमा फैलिन नदिन सरकारको ध्यानाकर्षणका लागि प्रस्ताव दर्ता गरिएको सांसद कुमार खड्काले नेपालदुतलाई बताए ।… पुरा पढौ

अदालत जान्छु : सरिता गिरी

आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको दाबी गर्दै सांसद सरिता गिरीले अदालत जाने बताएकी छन् । पार्टी पदाधिकारी बैठकको निर्णयले उनलाई सांसद र पार्टी सदस्यबाट अनुशासनको कारबाही गरेपछि उनको यो भनाइ आएको हो । गिरीले भनिन्, ‘मलाई कारबाही गर्ने निर्णय अवैधानिक छ। म छिट्टै न्यायका लागि अदालत जान्छु।’ उनले संसदीय दलको सिफारिसमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने जिकिर गरिन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको… पुरा पढौ

हाईकुहरु

१. फोटो टाँसेरफर्कन्न राजसंस्थाराप्रपा बन ! २. इच्छा एउटामतदान अर्कैमाचाह अधुरो ३. राजाको बाजाबजाउन जानेनौलय बेसुरा ४. कथा नै कथानारायणहिटीकोपुराण जस्तो ५. आँधी आएननारा सञ्जाल भरीसडक शुन्य पुरा पढौ

सेल्फ लकडाउनमा बसौं

काठमाडौं उपत्याकामा ४० लाख जनसंख्या छ | जनघनत्व बढी भएका सहर कोरोना संक्रमणको हटस्पट बन्ने जोखिममा छन् | सरकारी तथ्यांकमा देखिएको संक्रमितको संख्यालाई हामीले स्याम्प्लिंग को रुपमा बुझ्नु जरुरी छ |उपत्यकाका अधिकांश अस्पतालमा अन्य उपचार गर्न गएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ | स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा पनि संक्रमण बढ्दो क्रममा छ | उपत्यकाका प्रत्येक ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन् | बालबालिकादेखि बृद्धबृद्धा, जसको ट्राभेल हिस्ट्री छैन, संक्रमितसंग सम्पर्क भएको हिस्ट्री… पुरा पढौ

शैलेश थापा नेपाल प्रहरीको नयाँ महानिरीक्षक

सरकारले अतिरिक्त महानिरीक्षक शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा बढुवा गरेको छ। मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन्। २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहनेछन्। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं