शैलेश थापा नेपाल प्रहरीको नयाँ महानिरीक्षक

सरकारले अतिरिक्त महानिरीक्षक शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा बढुवा गरेको छ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन्। २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहनेछन्।