कांग्रेसको संकल्प प्रस्ताव : १ घर १ पिसिआर जाँच गर

कोभिड १९ नियन्त्रणमा सरकारको कदम प्रभावकारी नभएको ठहर गर्दै नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गराएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार प्रदेशमा १ घर १ पिसिआर जाँच गर्न सरकारलाई निर्देशन माग गर्दै प्रस्ताव दर्ता गराएको हो । कांग्रेस सांसदहरु मेखलाल श्रेष्ठ, कुमार खड्का र सरिता गुरुङले प्रस्ताव दर्ता गराएका हुन् ।

कोरोना समुदायमा फैलिन नदिन सरकारको ध्यानाकर्षणका लागि प्रस्ताव दर्ता गरिएको सांसद कुमार खड्काले नेपालदुतलाई बताए । मापदण्ड बमोजिममा क्वारेन्टिन र आइसोलेसन निर्माणदेखि प्रदेशका ११ वटै जिल्ला संक्रमितको मृत्यु भएमा शव व्यवस्थाको प्रबन्ध गर्ने विषय पनि प्रस्तावमा समेटिएका छन् ।

file pix