प्राडा सरोज कोइराला क्याम्पस प्रमुख नियुक्त

प्राडा सरोज कोइराला पृथ्वीनारायण क्याम्पसको क्याम्पस प्रमुख नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषदले मंगलबार यो निर्णय गरेको हो ।

पृथ्वीनारायण क्याम्पसको अंग्रेजी विभागमा कार्यरत कोइरालाले बुधबारदेखि कार्यभार सम्हाल्ने छन् ।