पोखरामा पनि सशुल्क कोरोना जाँच हुने

गण्डकी प्रदेशका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा सशुल्क पिसिआर जाँच हुने भएको छ । प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले कोरोना संक्रमितको उपचार भइरहेको छ ।

कोरोना जाँच गर्नुपर्ने प्रोटोकलभन्दा बाहिरका व्यक्तिले यहाँ ५ हजार ५ सय रुपैयाँ तिरेर पीसीआर जाँच गराउन सक्ने छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नारायणी अस्पताल वीरगञ्ज, कोशी अस्पताल, लुम्बिनी अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र धनगढी अस्पताललाई सःशुल्क परीक्षणको अनुमति दिएको हो ।