प्रधानमन्त्री, नेपाल र नेपालीविरुद्ध तथ्यहीन रआपत्तिजनक सामग्री प्रशारण गर्न थालेपछि नेपालमा भारतीय समाचारमूलक टेलिभिजन च्यानल बन्द गरिएको छ ।
विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय च्यानल बन्द गरेका छन् । भारतीय सरकारी टेलिभिजन दुरदर्शन भने बन्द गरिएको छैन ।
नेपाल केवल टेलिभिजन महासंघको आजको बैठकले बिहीबार साँझदेखि यो निर्णय गरेको महासचिव रामकुमार बस्नेतले बताए ।
भारतीय च्यानलहरुले नेपालले चीनको उक्साहटमा भारतीय भूमि मिचेको, चीनको इशारामा नेपाल चलेको दाबीसहित नेपालका प्रधानमन्त्रीलाई नै तल्लो स्तरको अनर्गल आरोप लगाएका थिए ।




