Author Archive

फुटबल संघ कास्कीमाथिको छानविन टुंगिदै

अखिल नेपाल फुटबल संघ(एन्फा)ले झण्डै दश दिनको समय लगाएर कास्की जिल्ला फुटबल संघमाथिको छानविन टुग्याएको छ । छानविन समितिले आफनो सुझावसहितको राय रिपोर्टमा समावेश गरेपछि छानविनले विट मार्ने छ । दुईवर्षको सम्पूर्ण हिसाबकिताब हेर्ने गरी छानविन टोलीले छानविन शुरु गरेको थियो । तर बीचैमा छानविन समितिले मनकामना केवलबार पोखरा कप तथा फुटबल संघद्वारा सञ्चालित एकेडेमीको मात्रै आयव्यय विवरणको अनुसन्धान गरेको थियो । छानविन समितिले मनकामना केवलकार पोखरा कप, जिल्लास्तरीय लिगकम… पुरा पढौ

अवैध मृगौला प्रत्यारोपण आरोपमा ४ डाक्टर पक्राउ

प्रहरीले चितवनबाट ४ डाक्टरलाई पक्राउ गरेको छ। अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले चार डाक्टर पक्राउ गरेको हो। उनीहरुका साथै प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले पक्राउ गरी काठमाडौं ल्याइदै गरेको र यससम्बन्धी थप विवरण पत्रकार सम्मेलनबाट गराइने जनाइएको छ । पुरा पढौ

केएमसीमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

काठमाडौं मेडिकल कजेल (केएमसीं) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । बिहिबार मृत्यु भएका ती पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार ती पुरुष काठमाडौंको गोकर्णका हुन् । ती पुरुष असार १९ गते अस्पताल भर्ना भएका थिए । ती पुरुष मिर्गौलाका बिरामी थिए । अब नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३६ पुगेको छ । पुरा पढौ

बालकविता : मृगका कुरा

जङ्गलमा बस्छौँ हामीत्यही हाम्रो घरदुःख नदेऊ हामीलाईलाग्छ धेरै डर ।बाघ, भालु, सिंहका छन्ठूला–ठूला दारासिकार खेली मार्न खोज्छन्तिनले वनमा सारा ।कहिले खान्छन् आमालाईकहिले खान्छन् दाइबस्नुपर्छ जङ्गलमासधैँ नै डराई ।मान्छे पनि शत्रु हाम्राअरू पनि शत्रुहामीलाई ठानीदेऊ नमान्छेहरूले मित्रु । पुरा पढौ

असारे विकासका कारण पहिरो र धनजनको क्षति

शुक्रबार राति आएको अविरल वर्षाका कारण पोखरा १८, सराङ्गकोट, गोठादीमा ५ जना व्यक्तीको ज्यान गएको छ । जसमा ४ जना एकै घरपरिवारको र १ जना छिमेकीको दुखःद निधन भएको छ । त्यस्तै गरेर पोखरा २६, बराल डाँडामा १ जना, पोखरा २५, हेम्जामा १ जनाको दुखःद निधन भएको छ । यस दुखःद र अकल्पनिय घटनाबाट ज्यान गुमाउनुहुने मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । यसै घटनामा घाइते हुनुभएका सबै जनाको शीघ्र स्वास्थ्य… पुरा पढौ

एसइई दिएका विद्यार्थीलाई सित्तैमा तालिम

माउन्ट अन्नपूर्ण क्याम्पस पोखरा ११ फूलबारीले एसइई दिएका विद्यार्थीलाई बेसिक वेब र ग्राफिक डिजाइनिङ ट्रेनिङ दिने भएको छ । आइतबारदेखि १५ दिनसम्म बिहान ११ बजेदेखि १२ बजेसम्म १ घन्टा चल्ने तालिमका लागि कुनै शुल्क लाग्ने छैन । इन्जिनियर सन्तोष पन्थले जुमबाट दैनिक १ घन्टा सहजीकरण गर्ने छन् । एसइई दिएर बसेका विद्यार्थीलाई अहिलेको लकडाउनका बेला केही सीप सिकाउन र अन्योलमा पनि आशा सञ्चार गर्न तालिम आयोजना गरिएको कलेजका कोअर्डिनेटर इन्जिनियर… पुरा पढौ

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोलेपु¥याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको छ । गत जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्ला बाढी÷पहिरोबाट प्रभावित भएका छन् । हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम,… पुरा पढौ

कास्की पहिरोका घाइते भन्छन् : होसमा आउँदा हिलोमा गाडिएका थियौं

पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टंकबहादुर थापाका जेठी छोरी २२ वर्षीया पिंकीको बिहीबार जन्मदिन परेको थियो। जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही छमेकीलाई निम्ता गरिएको थियो। सराङकोटको तल्लो भाग सेदीका १९ वर्षीय अनिस तामाङ पनि पिंकी दिदी (मितबाबुकी छोरी) को जन्म दिन मनाउन साँझ गोठादी पुगेका थिए। साँझदेखि नै निरन्तर पानी परिरहेको थियो। जन्मदिनको ‘सेलिब्रेसन’ सकिएपछि राति १०ः३० बजेतिर खाना खाएर केही छिमेकीहरु आ–आफ्नो घरतिर लागे। परिवारका सदस्य तथा आफन्त भने… पुरा पढौ

बाघको आक्रमणबाट महिला घाइते

file pix पर्वतको जलजला गाउँपालिका ४ फड्के ढुङ्गामा एक महिला बाघको आक्रमणमा परी घाइते भएकी छिन् । बिहीबार साँझ ५१ वर्षकी सुभाकुमारी मल्ललाई जङ्गलमा घाँस काट्ने क्रममा अचानक बाघले आक्रमण गरी घाईते बनाएको हो । उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल म्याग्दीमा ल्याई उपचार भईरहेको प्रहरीले जनाएको छ । मल्लको घाँटी, हात र खुट्टामा चोट लागेको छ । पुरा पढौ

आँधीखोला किनारमा शव फेला

शुक्रबार दिउँसो स्याङ्जाको गल्याङ नगरपालिका ४ डुडेको आँधिखोला किनारमा एक पुरुषको शव फेला परेको छ । दिउँसो पौने १ बजे वतन नखुलेको करिब ५० वर्षको पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । मृतकको हुलिया ५ फिट ६ इन्च अग्लो, नीलो जिन्स पाइन्ट लगाएको, माथि कपडा नभएको, मंगोलियन जस्तो देखिने र माटो शरीर रहेको प्रहरीले जनाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं