बालकविता : मृगका कुरा

जङ्गलमा बस्छौँ हामी
त्यही हाम्रो घर
दुःख नदेऊ हामीलाई
लाग्छ धेरै डर ।
बाघ, भालु, सिंहका छन्
ठूला–ठूला दारा
सिकार खेली मार्न खोज्छन्
तिनले वनमा सारा ।
कहिले खान्छन् आमालाई
कहिले खान्छन् दाइ
बस्नुपर्छ जङ्गलमा
सधैँ नै डराई ।
मान्छे पनि शत्रु हाम्रा
अरू पनि शत्रु
हामीलाई ठानीदेऊ न
मान्छेहरूले मित्रु ।