Author Archive

पोखरामा भानुभक्तको सम्झना

वर्षातको परवाह नगरी पोखरामा साहित्यकार भानुभक्त आचार्यको सम्झना गरिएको छ । आचार्यको २ सय ७ औं जन्मजयन्तिको अवसरमा भएका कार्यक्रमका सहभागीले उनको प्रतिमामा माल्यार्पण, उनका रचनावाचन र योगदानको चर्चा गरे । भानु वाङ्मय प्रतिष्ठानले सोमबार बिहान आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मीनाकुमारी गुरुङले नेपाली भाषाको उन्नयनमा भानुको योगदान अतुलनीय रहेको बताइन् । प्रतिष्ठानका अध्यक्षसमेत रहेका साहित्यकार सरुभक्तले भानुपार्कलाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गरिनुपर्नेमा जोड दिए । समारोहमा समाजसेवी गणेशबहादुर… पुरा पढौ

मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन्। प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रवक्ता मिश्रले जानकारी दिए… पुरा पढौ

भानुभक्त : नेपाली भाषा, साहित्यका चहकिला नक्षत्र

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । 'अध्यात्म रामायण' अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायण नेपाली भाषा र साहित्यको पहिलो महाकाव्य हो। मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो 'आदिकवि'… पुरा पढौ

सन्दर्भ भानुभक्तको सम्झना हजुरआमाको

बाजेओ भानुभक्त बाजेसबैले सम्झिरहेका छन् तिमीलाईमैले सम्झिरहेको छु हजुरआमालाईसम्झिरहेको छु गजाधर बाजेको परिवारलाई जुन बेला म सानै थिएस्कुल जाने उमेर भएकै थिएनहो त्यै समयमामलाई मेरी हजुरआमालेरामायण सुनाउनु हुन्थ्योएक दिन नारद सत्य लोक पुगिगया भन्दैमैले रमाइलो मानी मानी घण्टी बजाउथेदाइले खुसी हुँदै शंख बजाउथ्योबहिनी छेउमै हात जोडेर बस्थीखुब आनन्द लाग्थ्यो हामीलाईतिमीलेरामायण लेख्दै गर्दाअह कहिँ कतै लेखेनौनारीहरुले पढ्न पाउनु पर्छ भनेरनारीहरुले लेख्न पाउनु पर्छ भनेरलेख्दै गर्दाथुप्रै कविताहरुलेख्यौ तिमीले नारीले हांस्न हुँदैन भनेरहांस्ने… पुरा पढौ

‘हामी जिउँदै छौ, जिउँदा सती हौं’

सय वर्षअघि जन्मेका भए हामी जिउँदै जलाइन्थ्यौं । अहिले हामी बाँचेका छौं ।जूना केसी यति बोल्दा बोल्दै भक्कानिइन् । १३ वर्षमा विहे भएकी जूना २६ वर्षमै विधवा बनिन् । त्यसपछिको उनको जीवन संघर्षले भन्छ : विधवा अहिले पनि जिउँदा सती हुन् । मानवअधिकारका लागि महिला एकल महिला समूह कास्की अध्यक्ष जूनाले सती प्रथा उन्मूलन भएको १९७७ साल सम्झिइन् । उनले भनिन्, ‘हाम्रो संस्थामा मात्रै ९ लाख एकल महिला छौं ।त्यो… पुरा पढौ

पोखरा क्रिकेट मैदान स्तरोन्नति रोकियो

बैंकले ‘विड बोण्ड’ भेरिफिकेशन नदिदाँ पोखरा रंगशाला क्रिकेट मैदानको स्तरोन्नतिको काम अनिश्चित बनेको छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदान स्तरोन्नित गर्न तीन करोड रुपैयाँ बजेटसहित टेण्डर आह्वान गरेको थियो । कोभिड–१९ कै महामारीको शुरुवाती समयमै आह्वान गरिएको टेण्डर तीन पटक म्याद थप गरेको थियो । दुई कम्पनीले अन्तिम समयमा चासो दिएको थियो । तर बैंकले भेरिफिकेशन नदिदाँ कम्पनीसँग परिषदले सम्झौता गर्न नसकेपछि पोखरा रंगशालाको क्रिकेट मैदान स्तरोन्नति… पुरा पढौ

प्रधानमन्त्रीको नाम जोडेर अनर्गल समाचार प्रसारण गरेकोमा सरकारको आपत्ति

केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपाल सरकारका कार्यकारी प्रमुखलाई जोडेर अनर्गल समाचार प्रसारण गरेकामा सरकारले आपत्ति जनाएको छ । ती भारतीय माध्यममा आएका नेपालसम्बन्धी पछिल्ला सामग्री गलत, आधारहीन, असंवेदनशील र नेपालको नेतृत्वलाई आरोपित गर्ने खालको भएको नेपाल सरकारको भनाइ छ ।  सरकारले भारतीय सञ्चारमाध्यमबारे बनाएको धारणामा भनिएको छ, ‘त्यस्ता प्रकारका सामग्रीले गलत सूचना दिने मात्रै नभई न्यूनतम सभ्य समाजको सार्वजनिक प्रतिष्ठालाई क्षतिग्रस्त बनाएको छ । यस्ता प्रकारका प्रभावित सामग्री प्रसारणको… पुरा पढौ

बुबाको स्मृति ग्रन्थ कसरी तयार होला ?

बुबाको राजनीतिक जीवन अखिल, चौम,मशाल,एकताकेन्द्र,माओवादी, एमाओवादी, ड्यास माओवादी, क्रान्तिकारी माओवादीका संगठनहरुमा पुरै ४२ वर्ष ब्यतित भएको थियो। ४२ वर्षमा राजनीतिक संगत मात्रै हजारौं मान्छेहरुसंग भए होलान्। मलाई २०४५ साल देखि यताको बुबाको राजनीतिक जीवन प्रत्यक्ष रूपमा ज्ञान छ।त्यसभन्दा अगाडि को राजनीतिक जिवनबारे उहाँ र अन्य नेतृत्व पंक्ति बाटै सुनेको हुँ।२०२३ सालमा आमा १२ वर्ष र बुबा ११वर्ष हुँदा उहाँहरुको बिबाह भएको रहेछ। २०२३ देखि यताको बुबाको जीवन गाथा आमाले पनि… पुरा पढौ

अनलाइन कक्षा पढ्न नपाएकालाई विशेष व्यवस्था गर्न अनेरास्ववियुको ध्यानाकर्षण

अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटीले अनलाइन कक्षामा पढ्न नपाएका विद्यार्थीका लागि विशेष व्यवस्था गर्न माग गरेको छ । कमिटीका संगठन विभाग प्रमुख विनय पराजुलीले अनलाइन सुविधा सदुपयोग गर्न नपाउने विधार्थीका लागि अनुकूल समय सृजना गरी कक्षा सञ्चालन गर्न क्याम्पस प्रमुख विरञ्जी गौतमलाई ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए । ध्यानाकर्षणपत्रमा अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको स्वागत गरिएको छ । पुरा पढौ

अनुगमनमा स्याम्पल लिएको सुन हिनामिना गर्नेहरुलाई मुद्दा

अख्तियारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका तत्कालीन निर्देशक लक्ष्मण श्रेष्ठसहित ३ जनाउपर सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ । काठमाडौं उपत्यका लगायत देशका बिभिन्न स्थानमा रहेका गरगहना पसलबाट अनुगमनको क्रममा नमुनाको रुपमा संकलन गरिएका सुनचाँदीका गहना तथा सामानको यथार्थ विवरण नराखी हिनामिना उनीरुमाथि आरोप छ । श्रेष्ठले २०७३ माघ ७ गते नोज पिन हाउस नयाँ सडक काठमाडौं सोही साल चैत ३० मा दल बहादुर एण्ड सुनचाँदी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं