अनुगमनमा स्याम्पल लिएको सुन हिनामिना गर्नेहरुलाई मुद्दा

अख्तियारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका तत्कालीन निर्देशक लक्ष्मण श्रेष्ठसहित ३ जनाउपर सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

काठमाडौं उपत्यका लगायत देशका बिभिन्न स्थानमा रहेका गरगहना पसलबाट अनुगमनको क्रममा नमुनाको रुपमा संकलन गरिएका सुनचाँदीका गहना तथा सामानको यथार्थ विवरण नराखी हिनामिना उनीरुमाथि आरोप छ । श्रेष्ठले २०७३ माघ ७ गते नोज पिन हाउस नयाँ सडक काठमाडौं सोही साल चैत ३० मा दल बहादुर एण्ड सुनचाँदी पसल, दि युनाइटेड ज्वेलर्स प्रा।लि।, गोरखा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा।लि।, फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दी भुम्दी सुनचाँदी पसल, पोखरामा अनुगमन गरी संकलन गरिएका गहना जिल्ला प्रशासन कार्यालय, कास्कीबाट उल्लिखित पसलका गहना जफत हुने ठहर्छ भन्ने फैसला हुँदासमेत नबुझाएको अख्तियारले जनाएको छ ।

ती सरकारी सम्पत्ति सम्बन्धित कार्यालयमा फिर्ता नगरी सरुवा भएपश्चात पनि गहनाहरु नबुझाई आफ्नो साथमा राखी हिनामिना गरेका थिए । विभागका निर्देशक हरिनारायण बेल्वासेले सूर्यबहादुर एण्ड सन्स ज्वेलर्स, ओटु काठमाडौंमा अनुगमन गरी संकलन गरिएका गहनाको काठमाडौं जिल्ला अदालतबाट अभियोग दाबी नपुग्ने गरी फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति आफू सरुवा भई गएपश्चात पनि उक्त पसलमा फिर्ता नगरेको अख्तियारले जनाएको छ ।

हाल सेवा निवृत्त नासु रामबहादुर थापा मगरले ओम ज्वेलर्स, बिशाल बजार, नटराज ज्वेलर्स बिशाल बजार, संम्बृद्धि ज्वेलर्स न्यूरोड, श्री गणेशाय ज्वेलर्स, न्यूरोड, ब्लु हर्ष ज्वेलर्स प्रा।लि। न्यूरोड र श्री गणेशाय ज्वेलर्स न्यूरोड काठमाडौंमा लक्ष्मण श्रेष्ठको नेतृत्वमा अनुगमन गरी संकलन गरिएका स्टोरकिपरको रुपमा आफूले जिम्मा बुझेका गहनाहरु सम्बन्धित पसलमा फिर्ता नगरी सेवा निबृत्त हुँदासम्म आफ्नो साथमा राखी उक्त सुनचाँदीका गहना हिनामिना गरेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।