बुबाको राजनीतिक जीवन अखिल, चौम,मशाल,एकताकेन्द्र,माओवादी, एमाओवादी, ड्यास माओवादी, क्रान्तिकारी माओवादीका संगठनहरुमा पुरै ४२ वर्ष ब्यतित भएको थियो। ४२ वर्षमा राजनीतिक संगत मात्रै हजारौं मान्छेहरुसंग भए होलान्। मलाई २०४५ साल देखि यताको बुबाको राजनीतिक जीवन प्रत्यक्ष रूपमा ज्ञान छ।त्यसभन्दा अगाडि को राजनीतिक जिवनबारे उहाँ र अन्य नेतृत्व पंक्ति बाटै सुनेको हुँ।२०२३ सालमा आमा १२ वर्ष र बुबा ११वर्ष हुँदा उहाँहरुको बिबाह भएको रहेछ। २०२३ देखि यताको बुबाको जीवन गाथा आमाले पनि बताउन सक्नु हुन्छ।बुबाको जन्म २०१२ साल साउन ९ गते आइतबार भएको हो।
२००२ सालमा जन्मिनु भएका बुबाको दाजु जो बुबाको ठुलो बुबाका छोरा हुनुहुन्छ उहाँ बुबा भन्दा १० वर्ष जेठो समेत भएकोले बुबाको बाल्यकाल उहाँलाई पुरै मेसो छ।१९९६ मा जन्मनु भएका बुबाको भानिज दाइ अहिले ८१ वर्षको हुनु भएको छ उहाँ बाटै प्रभावित भएर बुबा कम्युनिष्ट पार्टी प्रति झुकाव राख्न पुग्नु भयो। साहित्य साधनामा लाग्नु भएका डि।आर।पोख्रेल मार्फत पार्टी संगठनमा जोडिनु भएको कुरा धेरैलाई उहाँ आफैले बताउनु भएको छ।राजनीतिमाआवद्ध हुँदा देखिको पहिलो पुरा एक दशक अर्थात २०३७ देखि २०४७ सम्म क।वाचस्पती देवकोटासंग मुख्य सहकार्य देखिन्छ।
४० को दसकबाट लामो सहकार्य भएका र अत्यन्तै नजिकबाट चिन्ने नेताहरुमा भवनाथ अधिकारी,राम बहादुर ढकाल,भक्ती प्रसाद लामिछाने,हरिराज अधिकारी,खोप बहादुर कँडेल,एक बहादुर ढकाल हुनुहुन्छ।सुरेश वाग्ले ञबासुझले पनि अत्यन्तै नजिकबाट चिन्नु हुन्थ्यो उहाँ सहिद भइसक्नु भएको छ।२०४६ पछि को खुला राजनीति र २०४८ को निर्वाचनमा उम्मेदवार बनेपछि बुबालाई नजिकबाट चिन्ने जान्ने घेरा निकै व्यापक भयो। शीर्ष नेताहरुमा बाबुराम भट्टराई,मोहन बैध र देव गुरुङले जति नजिकबाट चिन्न सक्नु भयो सायदै प्रचण्ड,गौरव,बादल,नारायणकाजीले त्यति नजिकबाट चिन्न सक्नु भएन कि भन्ने लाग्छ। परिवार भित्र हामी छोराछोरीलाई भन्दापनि बढी भावना व्यक्त गर्न कान्छी फुपू शान्ता अधिकारीसंग सक्नु हुन्थ्यो। जनयुद्ध प्रारम्भ देखि नै अति जटिल भन्दा जटिल घडीमा समेत भुमिगत बुबा र परिवारको अन्य सदस्यहरुको सुरक्षीत भेटघाटको अत्यन्तै कौशलतापुर्वक भेटघाट्को चाँजोपाँजो शान्ता दिदीले मिलाउनुहुन्थ्यो।
बुबा संगै क,ख पढ्ने एउटै उमेरका स्थानेश्वर अधिकारी जो बुबाको भतिज हुनुहुन्छ उहाँबाट पनि बुबाको जिवनी विवरणको केही अंश लिन सकिन्छ। लुइँटेल पढ्दाताकाका बुबाका सहपाठी साथीहरू मोदनाथ मरहट्टा,पुर्ण बहादुर गुरुङ लगायतका अभिभावकहरु अहिलेपनि हामी परिवारसँग निरन्तर संपर्कमा नै हुनुहुन्छ। पुल्चोक इन्जिनियरिङ कलेज पढ्ताका सहपाठी इन्जिनियर गोपाल बस्नेतले पनि बुबासंगको कलेज जिवनका अनुभुतिहरु मलाई सुनाउनु भएको थियो।उहाँले पनि संस्मरण अनुभुती लेखिदिन सक्नु हुन्छ भन्ने बिश्वास छ।
हंसपुर(लप्सिबोट गोरखाका २०३६ देखि २०४६ सम्म पञ्च र कांग्रेसहरुले उग्रवादीको आरोपमा सिध्याउने षडयन्त्रमा परेका ४ नाथहरु ९श्रीनाथ ,भवनाथ,डालनाथ,होमनाथ० मा बुबा श्रीनाथ बाहेक अरु तीन जना जिवितै हुनुहुन्छ।जनयुद्धकालमा बेपत्तामा पारिनु भएका बुद्धिबल बिक,चन्द्र खनाल,भरत अधिकारी र माधव अधिकारी पनि बुबाको राजनीतिक जिवनसंग अलग्याउनै नसकिने पात्रहरु हुनुहुन्छ। उहाँहरुको परिवारका सदस्यहरूबाट पनि बुबालाई केहि भन्नुपर्ने भावनाका ब्यथा कथा पक्कै होलान्।
पञ्चायतकालमा गाउँमा बुबालाई प्रारम्भमा बामपंथी आन्दोलनमा साथ दिनुहुने बुबाका सहयोध्दाहरुस्नन्दलाल अधिकारी९लप्सीबोट लामिडांडा०, बाबुराम अधिकारी९दिवंगत०९लप्सीबोट लामिडांडा०,छवि अधिकारी ९लप्सीबोट लामिडांडा०, गोरी हजुरआमा९लप्सीबोट लामिडांडा०,नेत्र बहादुर बिक९लप्सिबोट लामिडांडा०,डालनाथ अधिकारी,९लप्सीबोट०दिननाथ अधिकारी९लप्सीबोट०,हरीचन्द्र अधिकारी९दिवंगत०९लप्सीबोट०,होमनाथ अधिकारी९शिक्षक०९लप्सीबोट०,फडिन्द्र अधिकारी९लप्सीबोट०,एकदेव अर्याल९लप्सीबोट०,शशिधर धिताल९लप्सीबोट०,डा।बाबुराम अधिकारी९लप्सीबोट०,हरीराम अधिकारी९लप्सीबोट०,चन्द्र अधिकारी९लप्सिबोट०,बुद्धिवल बिक९राज्यद्वारा बेपत्ता०९लप्सीबोट०,बामदेव अधिकारी९दिवंगत०९लप्सीबोट०,धन बहादुर नेपाली९नम्की०,झुमनाथ अधिकारी९हंसपुर०,तुलसी अधिकारी९हंसपुर०,खेमराज दवाडी९हंसपुर०,भरत अधिकारी९राज्यद्वारा बेपत्ता०९हंसपुर०,पद्मनाथ खनाल९हंसपुर०,चन्द्र खनाल ९राज्यद्वारा बेपत्ता०९हंसपुर०,कुश्माखर अधिकारी९काफलडांडा०,मायानाथ अधिकारी९शिक्षक०९लप्सीबोट०,रुद्र अधिकारी ९लप्सिबोट०,लुमनाथ अधिकारी९लप्सीबोट ०,मुक्ति बिक ९लप्सिबोट०,माधव अधिकारी९राज्यद्वारा बेपत्ता०९काफलडांडा०,माधव अधिकारी९शिक्षक०९काफलडांडा०,भिमसेन भुजेल९भच्चेक०,कमान बहादुर भुजेल९काफलडांडा०,हिमलाल दवाडी९दिवंगत०९काफलडांडा०,राम प्रसाद अधिकारी९काफलडांडा०,बिश्वनाथ अधिकारी९काफलडांडा०,गंगा बहादुर भुजेल९काफलडांडा०,धन बहादुर भुजेल९काफलडांडा०,मुक्ति अधिकारी९डिटार०,एकदेव दुवाडी९काफलडांडा०,भोजनाथ धिताल९लप्सीबोट०,उदय घिमिरे९दिवंगत०९लप्सीबोट०,बुद्दिराज गुरुङ९बुद्धसिं०,पुर्ण बहादुर गुरुङ९बुद्धसिं०,कृष्ण अधिकारी९बुद्धसिं०,सोमनाथ अधिकारी ९बुद्धसिं०,हरिराम दवाडी९काफलडांडा०,बिष्णु भुजेल९काफलडांडा०,पुर्ण दवाडी ९काफलडांडा०,गुण बहादुर अधिकारी९काफलडांडा० मध्य जो जो जिवित हुनुहुन्छ उहाँहरुबाटपनि बुबाबारे केहि न केहि मुल्यांकन पक्कै गरिरहनु भएको छ।
स्मृति ग्रन्थमालामा संभव भएसम्म उहाँहरु मध्ये कसै न कसैको स्मरणको सत्यकथा समेट्न पाए हुन्थ्यो भन्ने लाग्छ। २०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको चुनावमा तत्कालीन नेकपा (चौम)को चुनाव बहिष्कार गर्ने निति रहेछ क्यारे हाम्रो गाँउमा पुर्ण बहिष्कार भएछ । त्यो बहिष्कार आन्दोलनको नेतृत्व बुबाले गर्नु भएको रहेछ। २०३९ बैशाख १ गते बुबा गिरफ्तार हुनुभयो। ६ महिनाको जेल बसाइपछि दसैंभन्दा थोरै अगाडि छुट्नु भयो। बुबा गिरफ्तार हुँदा दिदि ८ वर्ष, म ५वर्ष, उत्तम २वर्ष, शकुन्तला जम्मा २० दिनकि थिइ। उज्जल जन्मिएको थिएन बुबा गिरफ्तार हुँदा ।









