काठमाडौं मेडिकल कजेल (केएमसीं) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
बिहिबार मृत्यु भएका ती पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार ती पुरुष काठमाडौंको गोकर्णका हुन् । ती पुरुष असार १९ गते अस्पताल भर्ना भएका थिए ।
ती पुरुष मिर्गौलाका बिरामी थिए । अब नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३६ पुगेको छ ।




