जल्दै गरेको दियो
बल्दै गरेको आगो !
कसलाइ के थाहा को कहिले सकिन्छ ?
तैपनि जल्नुको खुशीमा
बल्नुको खुशीमा
यि दुबै जलीरहेछन्
यि दुबै बलीरहेछन् !
यो नभमा हजारौंतक बिजुली चम्किइरहन्छ !
बर्षा भइरहन्छ !
तर के थाहा चम्कनु
र बाछीटा भएर सकिनुको
असर कहिले कसलाइ पर्छ
र पनि यि दुबै खसीरहेछन् !
खस्नुको खुशीमा !
सकिनुको आहुतिमा !
ठिक त्यस्तै गरेर
ठिक त्यस्तै गरेर
जीवन पनि त्यसै त्यसै सकिन्छ !
त्यसै त्यसै भरा भरामा भरीन्छ !
र डोर्यायर आहुतिहरुलाइ !
र यो सकिनुको कुन डौडाइ थियो !
यो भरीनुको कुन पर्खाइ थियो !
यि सबै सबै जानी नजानीकन,
त्यही दियोको शिखा झैं !
त्यहि आगोको लोहा झै !
र नबले त,नजले त !
जिन्दगी केलाइ भन्नु !
त्याग र समर्पण केलाइ भन्नु !




