Author Archive

खास्टेताल मत्स्य तथा कृषि सहकारीमा हरिप्रसाद

खाष्टेताल मत्स्य तथा कृषि सहकारीको शनिबार भएको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अविधेसनले अध्यक्षमा हरिप्रसाद अधिकारीलाई निरन्तरता दिएको छ । सर्वसम्मत भएको समितिमा उपाध्यक्षमा शान्ति पौडेल, सचिवमा नवराज ढुंगाना, कोषाध्यक्षमा डिल्लीराम लामिछाने र सदस्यमा हेमराज बराल, रमेशराज पौडेल, शिवराज तिमिल्सेना, वीरेन्द्र भण्डारी, सरस्वती भण्डारी बराल, कल्पना भण्डारी र सुमन ढुंगाना छन् । लेखा समिति संयोजकमा हरिश्चन्द्र तिमिल्सेना, योगेन्द्र बराल र विकास ढुुंगाना छन् ।कार्यक्रममा पोखरा २६ का अध्यक्ष नारायणप्रसाद बरालले… पुरा पढौ

कविता : ईश्वरको जन्म

ऊ ईश्वरकोनिकै कडा आलोचक थियोर, उसले आफ्नो जीवनभरिसधैं मानिसहरुलाई ईश्वरकोविरुद्ध प्रवचन दियोर, मूर्ति पूजाको विरोध ग¥यो ऊ ईश्वर निन्दक थियो एक दिनजब उसले समाधि लियोसमाधिस्थल नजिकैएउटा अग्लो मूर्तिस्थापना भयो उसकोर मान्छेहरुलेउसको मूर्तिलाई पुज्न थाले यसरीजस–जसलेईश्वरको निन्दा गरेउनीहरु नैईश्वर भएर पुजिए । पुरा पढौ

अल्पविरामका २ मुक्तक

मायालु मन साटासाट गर्ने चटारो हो मुक्तकशुरू गरेलगत्तै सक्नै पर्ने हतारो हो मुक्तकलठारो पनि छ है जाने बोल, नजाने जिऊको मोल !भ्रष्टहरूलाई प्रहार गर्ने दह्रो झटारो हो मुक्तक । यहॉ नेताजीको भाषणको पनि महङ्गो बिमा हुन्छकारण भाषण चर्को काम असिमित धिमा हुन्छमेरा मुक्तकहरू किन यति चर्को पिरो नभन्नू मित्रकिनकि हरेक कुरा सहने पनि एउटा सीमा हुन्छ । पुरा पढौ

दशैंमा जेष्ठ नागरिक र दीर्घबिरामीलाई बचाऔं

काठमाडौं उपत्याका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण निकै फैलिएको छ | दशैंमा मान्यजनसंग टिका, जमरा लगाउने तथा आशिर्बाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ | यसपटक हामी विषम परिस्थितिमा छौं | कोरोना संक्रमण भयो भने कसलाई कुन रुपमा असर गर्छ भन्ने यकिन छैन | देशैभरका अस्पतालका बेड, आइसीयु, भेन्टिलेटर संक्रमितले भरिएका छन् | यहि अवस्था रहेमा उपचार नपाएर मृत्यु हुने सम्भावना बढेको छ | तसर्थ निम्न लिखित उपाय अबलम्बन… पुरा पढौ

कविता : धाइराको फूल

जून जस्तै हुनु मैले कहिले भने र ?आज तिमी जून जस्तै बन्ने कुरा गर्छौमलाई अस्ताउने जूनभन्दासारा धर्तिलाई उज्यालो बनाउदै खस्ने तारा नै मन पर्छबेसारे शितलता भन्दाएक झुल्को उज्यालो नै सहिछोरी तिमी बेसारे जून होइन चेतनाको तारा बन्नु । फेरि उहीँ गुलाफको कुरा नगर छोरी म सँगअक्सर फूलहरु मन पर्दैन मलाईतिमीलाई थाहा छ नि छोरीफूल सँगैमन्दिरको कुरा आउँछदेवताको कुरा आउँछमालाको कुरा आउँछथरीथरीका घाँटीको कुरा आउँछयी बेसारेफूलहरुजहाँ जुनसुकै बेलाजस्को सिरमा पनि बसिदिन्छन्जस्को… पुरा पढौ

सराङ्गकोट बहुउद्देश्यीय सहकारीको साधारणसभा

सराङ्गकोट बहुद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । कोभिड महामारीलाई मध्यनजर गर्दै २८ गतेबाट शुरु भएको साधारणसभा शुक्रबार गरिएको हो । २०६३ मा स्थापित भई रेडियो सराङ्गकोटको सञ्चालनसँगै २०७० देखि बचत तथा ऋणको कारोबार गर्दै आएको यस संस्थाले १ अर्ब ७० करोडको कुल कारोबारसँगै ऋण लगानी ३५ करोड, शेयर पुँजी ५ करोड ५ लाख र कुल बचत ४५ करोड गरेको छ । साधारण सभाले सचिव… पुरा पढौ

पहारी कुल संरक्षण समितिका बटुकलाई राहत

जगदम्बा आमा समूह पोखरा ६ लेकसाइडले पहारी कुल संरक्षण समितिका बटुकलाई राहत राहत हस्तान्तरण गरेको छ । पुरुषोत्तम महिनाको अन्तिम दिन शुक्रबार समूहका सल्लाहकार एवं पहारी कुल संरक्षण समितिका अध्यक्ष गोबिन्दराज पहारी, समितिका गणेशराज पहारी सदस्य, चन्द्रकला अधिकारी आमा समूहका अध्यक्ष र निवर्तमान अध्यक्ष दुर्गा पहारी लगायतले बटुकलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् । पहारी कुल संरक्षण समितिले सेती डाँडामा संरक्षण गरेको दुर्गा भवानीको मन्दिरमा ३ बटुक छन् । विषम परिस्थितिमा… पुरा पढौ

महामारी नियन्त्रण गर्न बागलुङ प्रहरी सक्रिय

बागलुङमा कोरोना संक्रमित बढेसँगै बागलुङ बजारमा आज व्यापारी तथा पदयात्रीलाई मास्क वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ लगायतको टोलीले मास्क वितरण गरेको हो । प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठले माक्स लगाई सुरक्षित हुन अनुरोध गरे । सोमबारदेखि बागलुङमा प्रहरीले सुरक्षा व्यवस्थामा पनि कडाई गरेको छ । प्रहरी उपरिक्षक श्रेष्ठका अनुसार ब्यापारीहरूले पसलमा बस्दा मास्क लगाउनुपर्ने भने पदयात्रीले मास्क नलगाए वा अटेरी… पुरा पढौ

फेवा क्लबको अध्यक्षमा लक्ष्मण

फेवा क्लब पोखराका अध्यक्ष लक्ष्मण तिमिल्सिना निर्वाचित भएका छन् । क्लबको शनिबार भएको आठौं साधारणसभा तथा चौथों अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समिति चुनेको हो । क्लबका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः गंगाधर दवाडी, सूर्यमोहन पराजुली, सुजन पराजुली र रमेश गौतम छन् । सदस्यमा रोशिष गुरुङ, रोसन नेपाली, जीवनकुमार नेपाली, आशीष नेपाली, सन्देश तिमिल्सिना र रमेश देवकोटा छन् । पुरा पढौ

प्रभुको ५ बर्षमा ६ हेलिकप्टर

प्रभु हेलीकप्टर प्रालीले भित्र्याएको नयाँ एयरबस हेलीकाप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ। स्थापनाको पाँच बर्षमा यो एयरबस हेलीकप्टर सँगै प्रभु सँग हेलिकप्टरको सङ्ख्या ६ वटा पुगेको छ । प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर नयाँ एयरबस हेलिकप्टर ल्याउने निर्णय गरेको थियो। सो बमोजिम चैत्र ११ गते काठममाडौं आइ पुगेको थियो तर कोभिड–१९ का कारण औपचारिक प्रकृया ढिला भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं