सराङ्गकोट बहुउद्देश्यीय सहकारीको साधारणसभा

सराङ्गकोट बहुद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । कोभिड महामारीलाई मध्यनजर गर्दै २८ गतेबाट शुरु भएको साधारणसभा शुक्रबार गरिएको हो ।

२०६३ मा स्थापित भई रेडियो सराङ्गकोटको सञ्चालनसँगै २०७० देखि बचत तथा ऋणको कारोबार गर्दै आएको यस संस्थाले १ अर्ब ७० करोडको कुल कारोबारसँगै ऋण लगानी ३५ करोड, शेयर पुँजी ५ करोड ५ लाख र कुल बचत ४५ करोड गरेको छ ।

साधारण सभाले सचिव कृष्णबहादुर थापाद्धारा प्रस्तुत वार्षिक संस्थागत प्रतिवेदन एंव प्रस्तावित प्रतिवेदन, कोषाध्यक्ष मिन बहादुर अधिकारीद्धारा प्रस्तुत आर्थिक लेखा प्रतिवेदन, व्यवस्थापक सुरेन्द्र थापाद्धारा प्रस्तुत संस्थागत स्थिति विवरण, लेखा समिति संयोजक शिव बहादुर बानियाद्धारा प्रस्तुत लेखा प्रतिवेदनलाई पारित गरेको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार कमलनयन गौतमले सहकार्यका लागि सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका अधिकृत सागर खनालले सहकारी ऐन, नियमका बारेमा जानकारी संचालकहरुलाई हुनुपर्ने र प्रदेश सरकार सहकारीको विकासमा सदैब कटिबद् रहेको बताए ।

संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीको सभापतित्वमा भएको कार्यक्रममा रेडियो सराङ्गकोटका प्रबन्ध निर्देशक अर्जुनबहादुर बस्नेत, सल्लाहाकार इन्द्रकमल मानन्धर, राममणि पौडेल, उपाध्यक्ष वसन्तबहादुर बानिया, ऋण समिति संयोजक रामचन्द्र थापा, सञ्चालक माया कुमारी शर्मा, छविलाल तिमिल्सिना, कुल प्रसाद सुवेदी लगायतले आ–आफ्नो धारण राखेका थिए ।