अल्पविरामका २ मुक्तक

मायालु मन साटासाट गर्ने चटारो हो मुक्तक
शुरू गरेलगत्तै सक्नै पर्ने हतारो हो मुक्तक
लठारो पनि छ है जाने बोल, नजाने जिऊको मोल !
भ्रष्टहरूलाई प्रहार गर्ने दह्रो झटारो हो मुक्तक ।

यहॉ नेताजीको भाषणको पनि महङ्गो बिमा हुन्छ
कारण भाषण चर्को काम असिमित धिमा हुन्छ
मेरा मुक्तकहरू किन यति चर्को पिरो नभन्नू मित्र
किनकि हरेक कुरा सहने पनि एउटा सीमा हुन्छ ।