फेवा क्लब पोखराका अध्यक्ष लक्ष्मण तिमिल्सिना निर्वाचित भएका छन् । क्लबको शनिबार भएको आठौं साधारणसभा तथा चौथों अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समिति चुनेको हो ।
क्लबका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः गंगाधर दवाडी, सूर्यमोहन पराजुली, सुजन पराजुली र रमेश गौतम छन् । सदस्यमा रोशिष गुरुङ, रोसन नेपाली, जीवनकुमार नेपाली, आशीष नेपाली, सन्देश तिमिल्सिना र रमेश देवकोटा छन् ।






