Author Archive

गण्डकीमा फेरि २ संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासीको गैडाकोट २ का ३७ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनमा हेपाटाइटिस र मृगौलाका बिरामीसमेत थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बिहीबार साँझ अर्का संक्रमितको मृत्यु भएको छ । पोखरा ६ का ३७ वर्षीय पुरुषको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो । संक्रामक तथा सरुवा रोग अस्पतालबाट उनलाई आजै बिहान पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको… पुरा पढौ

सांसद बन्ने भए वामदेव

सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतम सांसद बन्ने भएका छन् । गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा हारेका उनलाई नेकपाले राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो । बिहीबारको नेकपा सचिवालय बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको उल्लेख गरे । नेकपामा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री… पुरा पढौ

वडा कार्यालयबाटै वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

रुपन्देहीको रोहिणी गाउँपालिका २ का वडाध्यक्ष सरोजकुमार पाण्डे घूससहित पक्राउ परेका छन् । अनुदान स्वरुप रकम प्रदान गर्न सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग २० हजार लिएको पुष्टि भएपछि उनलाई वडाबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । पुरा पढौ

शिशुवा अस्पतालमा शल्यक्रियामार्फत् प्रसूति सेवा सुरु

पोखरा महानगरपालिका अन्र्तगत लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध गराइएको छ । शिशुवा अस्पतालका प्रसूति रोग विशेषज्ञ डक्टर रुपेश सिंह बस्नेत नेतृत्वको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो । बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भई पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल सल्यक्रिया गरी प्रसूति गराईएको अस्पतालका मेडिकल सुपरिटेन्डेन प्रतिभा कोइरालाले जानकारी दिइन् । अस्पतालबाट यसअघि सामान्य सुत्केरी सेवा उपलब्ध हुँदै आएकोमा अबदेखि शल्यक्रिया मार्फत… पुरा पढौ

बेपत्ताको खोजी र पीडितलाई राहत दिन बागलुङ समाजको आग्रह

बागलुङ समाज पोखराले बागलुङको ढोरपाटन नगरपालिका र आसपासका क्षेत्रमा बुधबार राति आएको भीषण बाढी, पहिरोमा बेपत्ताहरुको खोजी, उद्धार र पीडितलाई राहत दिन आग्रह गरेको छ । समाजका अध्यक्ष सुनील पाण्डे नेतृत्वको टोलीले बिहीबार गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेको छ । बुधबार राति आएको बाढी, पहिरोमा ११ जनाको शव भेटिएको छ भने दुई दर्जनभन्दा बढी सम्पर्कविहीन छन्… पुरा पढौ

पोखरामा एकै पटक २९ संक्रमित फेला

पोखरा महानगरमा एकै पटक २९ संक्रमित फेला परेका छन् । पोखरा १२ मा ८ जना र पोखरा १० मा ७ जनामा संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ । तनहुँमा २ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३१ संक्रमित थपिएका हुन् । संक्रमितहरु सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । पुरा पढौ

बाढीले बस्ती बगायो, दर्जन सम्पर्कबिहीन

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा कम्तिमा १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । “रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको… पुरा पढौ

कविता : बाटो

खवर गर्देऊती मान्छेहरुलाईपाइलाहरु हुन्छन् र पो बाटोहरु बन्छन् ।बाटोहरु हुन्छन्र पो गन्तव्यहरु भेटिन्छन् । बाटोहरु तती चराको लागि पनि बनेका छन् आकाशमाबिस्तुर जाँदैन तिनको उडाईहिजो जुन बाटो गएका थिएफर्कनेछन् आज तेही बाटो हुँदै । बाटो तयी नदीहरुका पनि हुन्छन्यो सरर्र बहने हावाका पनि हुन्छन्र ती घाम र जूनका पनि हुन्छन् । गन्तव्यहरु फरक हुन्छन्र बाटोहरु फरक हुन्छन् । यी कमिलाहरुको बाटोती धमिराहरुको बाटोयी मौरीहरुको बाटोर ती अरिंगालहरुको बाटो । सबैलेबाटोमा… पुरा पढौ

कविता : राष्ट्रकवि

जव तिमीभोकको कविता लेख्छौअनि अघाएका सासकलाई सुनाउँछौ जव तिमीविभेद को कविता लेख्छौअनि विभेदकारी सत्तालाई सुनाउँछौ जव तिमीमुक्तीको कविता लेख्छौअनि मालीकलाई सुनाउँछौ जव तिमीविचारको कविता लेख्छौअनि विचारहिनलाई सुनाउँछौ जव तिमीक्रान्तिको कविता लेख्छौअनि तानाशाहलाई सुनाउँछौ जव तिमीरास्ट्रीयताको कविता लेख्छौअनि राष्ट्रघातीलाइ सुनाउँछौ तिमीमहाकविकवि शिरोमणिराष्ट्रकविकदापी हुँदैनौ कवि फेरि पनिके तिमीराष्ट्रकवि बन्नेहोडमा छौ ? पुरा पढौ

युनाइटेडको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी क्लबले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान आयोजना गरेको हो । क्लवले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान गर्दै आएको भएता पनि यो पटक कोरोना महामारीका कारण रगतको अभाव भएपछि आकस्मिक रक्तदान आयोजना गरेको क्लबका स्वास्थ्य उपसमिति संयोजक तथा रक्तदान कार्यक्रम संयोजक जयराम आचार्यले बताए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं