वडा कार्यालयबाटै वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

रुपन्देहीको रोहिणी गाउँपालिका २ का वडाध्यक्ष सरोजकुमार पाण्डे घूससहित पक्राउ परेका छन् ।

अनुदान स्वरुप रकम प्रदान गर्न सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग २० हजार लिएको पुष्टि भएपछि उनलाई वडाबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।