कविता : बाटो

खवर गर्देऊ
ती मान्छेहरुलाई
पाइलाहरु हुन्छन्

र पो बाटोहरु बन्छन् ।
बाटोहरु हुन्छन्
र पो गन्तव्यहरु भेटिन्छन् ।

बाटोहरु त
ती चराको लागि पनि बनेका छन् आकाशमा
बिस्तुर जाँदैन तिनको उडाई
हिजो जुन बाटो गएका थिए
फर्कनेछन् आज तेही बाटो हुँदै ।

बाटो त
यी नदीहरुका पनि हुन्छन्
यो सरर्र बहने हावाका पनि हुन्छन्
र ती घाम र जूनका पनि हुन्छन् ।

गन्तव्यहरु फरक हुन्छन्
र बाटोहरु फरक हुन्छन् ।

यी कमिलाहरुको बाटो
ती धमिराहरुको बाटो
यी मौरीहरुको बाटो
र ती अरिंगालहरुको बाटो ।

सबैले
बाटोमा निस्केर बाटो पहिल्याउँदै
बाटबाटै
तेहाँसम्म पुग्छन्
जहाँबाट कोही पनि तेहीबाटो फर्केर आउँदैन ।


नयाँ बाटोको खोजिमा हुन्छ ।

म पनि
यहाँबाट तेहाँसम्म पुग्न सकिने
यौटा बाटोको खोजिमा छु ।
पोखरा-६, लेकसाइड
२०७७/०५/१७