पहारी कुल संरक्षण समितिका बटुकलाई राहत

जगदम्बा आमा समूह पोखरा ६ लेकसाइडले पहारी कुल संरक्षण समितिका बटुकलाई राहत राहत हस्तान्तरण गरेको छ ।

पुरुषोत्तम महिनाको अन्तिम दिन शुक्रबार समूहका सल्लाहकार एवं पहारी कुल संरक्षण समितिका अध्यक्ष गोबिन्दराज पहारी, समितिका गणेशराज पहारी सदस्य, चन्द्रकला अधिकारी आमा समूहका अध्यक्ष र निवर्तमान अध्यक्ष दुर्गा पहारी लगायतले बटुकलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

पहारी कुल संरक्षण समितिले सेती डाँडामा संरक्षण गरेको दुर्गा भवानीको मन्दिरमा ३ बटुक छन् । विषम परिस्थितिमा आमा समूहले उनीहरुलाई करिब ७ हजारको खाद्यान्न सहयोग गरेको अध्यक्ष गोविन्दराजले जानकारी दिए । त्यहाँ पहारी कुलको मन्दिरसमेत छ ।

शुक्रबारै समूहले केदारेश्वर मन्दिरका बटुकहरुलाई पनि राहत हस्तान्तरण गरेको छ ।