कविता : ईश्वरको जन्म

ऊ ईश्वरको
निकै कडा आलोचक थियो
र, उसले आफ्नो जीवनभरि
सधैं मानिसहरुलाई ईश्वरको
विरुद्ध प्रवचन दियो
र, मूर्ति पूजाको विरोध ग¥यो

ऊ ईश्वर निन्दक थियो

एक दिन
जब उसले समाधि लियो
समाधिस्थल नजिकै
एउटा अग्लो मूर्ति
स्थापना भयो उसको
र मान्छेहरुले
उसको मूर्तिलाई पुज्न थाले

यसरी
जस–जसले
ईश्वरको निन्दा गरे
उनीहरु नै
ईश्वर भएर पुजिए ।