Author Archive

कुलमानको पुनर्नियुक्ति प्रस्ताव विचाराधीन

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने सम्भावना अझै रहेको जनाएको छ। पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले बिहीबार फेसबुकमार्फत घिसिङलाई दोस्रो कार्यकालका लागि पनि नियुक्ति दिन पेस गरिएको जनाएका छन् । उनले प्रस्ताव मन्त्रिपरिषद् बैठकमा विचाराधीन नै रहेको र प्रस्ताव पाश हुन अपेक्षासमेत गरेका छन् । पुरा पढौ

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ। पार्टीले अन्तरपार्टी निर्देशन – ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो। नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसंस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन – ५… पुरा पढौ

युआरएलमा असोजभरि सबै जाँचमा ४० % छुट

पोखराको सभागृहमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले असोज महिनाभर सबै जाँचमा ४० प्रतिशत छुट दिने भएको छ । कोभिड १९ महामारीको विषम परिस्थितिमा अत्यावश्यक जाँचमा सर्वसाधारणलाई सहज होस् छुट दिन लागिएको युआरएलका ल्याब साइन्टिफिक अफिसर भूपेन्द्रराज पाण्डेयले जानकारी दिए । उनले भने, ‘विश्वव्यापी महामारीमा सर्वसाधारणलाई सहज होस् भनी दिन लागेका हौं ।’ युआरएलले असोज महिनाभरि भिटामिन डी, मधुमेह, थाइराइड, होल बडी लगायत सम्पूर्ण रगत जाँचमा छुट दिइने जनाएको छ । पुरा पढौ

कक्षा १२ : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा गर्न सरकारलाई सिफारिस गरेको छ । विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा,… पुरा पढौ

पूर्व माओवादी मुख्यालयमा पहिलो पटक नेकपा सचिवालय बैठक

नेकपाले शुक्रबार ११ बजे सचिवालय बैठक बोलाएको छ। पूर्व माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले शुक्रबार पेरिसडाँडा बस्न लागेको बताए। नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो। कार्यकारी अध्यक्ष प्रचण्डले जिम्मेवारी पाएपछि सचिवालय बैठक पेरिसडाँडा बोलाइएको हो। पुरा पढौ

वरिष्ठ अधिवक्ताले १ वकिल सहयोगी अनिवार्य राख्नुपर्ने

वरिष्ठ अधिवक्ताले अनिवार्य रुपमा अधिवक्ता सहयोगी राख्नुपर्ने भएको छ। नेपाल कानून व्यवसायी परिषद्ले बुधबार जारी रेको सूचनामा वरिष्ठ अधिवक्ताले बहस गर्दा अनिवार्य रुपमा एक जना वकिल राख्नुपर्ने उल्लेख छ । कानून व्यवसायीको आचारसंहिता, २०५१ को नियम ३ को उपनियम ९२० मा वरिष्ठ अधिवक्ताले कुनै पनि मुद्दामा इजलास बहस गर्दा कम्तीमा एक जना अधिवक्ता व्यवसायिक रुपमा संलग्न गराउनुपर्ने उल्लेख छ। पुरा पढौ

दशैंमा लोकल खसी, कुखुरा र हाँस होम डेलिभरी, बुकिङ सुरु

ग्यापु डट कमले दशैलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको छ। चेन रेस्टुरेन्टमा लोकप्रिय बाजेको सेकुवा सँगको समन्वयमा जिउँदै, खुइल्याएको र काटेर टुक्रा गरि उपभोक्ताको मागअनुसार होम डेलिभरी गर्ने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए। साथै ग्यापुले दशैंमा पचास लाख बढीको उपहार, क्यास ब्याक, छुट र बम्पर अफर ल्याउने खड्काको दाबी छ। ‘अधिकाशं मानिसहरु खसी किन्दा रङ, सिङ हेरेर र तौल जोखेर लिने गर्छन्,’ उनले भने,… पुरा पढौ

कविता : भूकम्प

मेरो शीरैमाथि घोप्ट्याएरअग्लो धरहरामेरो टाउकोमाअजङ्गको घन ठोकिस्के म तर्सिएँअहँतँभन्दाठूलाठूला भूकम्पहरू त दिनैपिच्छे मैले थेगिरहेछुपेटमार सिँहदरबारका चोटाकोठामा अब सगरमाथाको मियो समाएरकुइँकुइँ घुमाए पनिम मामुली सम्झिएरनिदाइ रहूँला जब म व्युँझन्छुत्यो बेला मेरो एक झट्कातैँले कसरी थाम्छस् ?म निदाएझैँ गरीसोचिरहेको छु । पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल र अटो इन्जिनियरिङको पढाइ

पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्रविविधक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ । तीन वर्षे कोर्षको लागि शिक्षालयले भर्नाका लागि आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ । एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म अध्ययनको लागि आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । दुई विषयमा ४८/४८ कोटा निर्धारण गरिएको छ भने विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको… पुरा पढौ

कोरोना देखिएका कोइराला अस्पताल भर्ना

कोरोना भाइरस पुष्टि भएका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्। संक्रमण पुष्टि भएसँगै घरमै आइसोलेसनमा बसेका कोइराला अचानक ज्वरो बढेपछि मंगलबार राति अस्पताल भर्ना भएका हुन् । सोमबार साँझ १ सय ३ डिग्री ज्वारो आएपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको थियो । कोइरालाको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा। विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ। कोइरालामा निमोनियाको लक्षण देखिएको अस्पतालले जनाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं