पूर्व माओवादी मुख्यालयमा पहिलो पटक नेकपा सचिवालय बैठक

नेकपाले शुक्रबार ११ बजे सचिवालय बैठक बोलाएको छ।

पूर्व माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले शुक्रबार पेरिसडाँडा बस्न लागेको बताए।

नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो। कार्यकारी अध्यक्ष प्रचण्डले जिम्मेवारी पाएपछि सचिवालय बैठक पेरिसडाँडा बोलाइएको हो।