कोरोना भाइरस पुष्टि भएका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्।
संक्रमण पुष्टि भएसँगै घरमै आइसोलेसनमा बसेका कोइराला अचानक ज्वरो बढेपछि मंगलबार राति अस्पताल भर्ना भएका हुन् ।
सोमबार साँझ १ सय ३ डिग्री ज्वारो आएपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको थियो । कोइरालाको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा। विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ।
कोइरालामा निमोनियाको लक्षण देखिएको अस्पतालले जनाएको छ ।




