वरिष्ठ अधिवक्ताले अनिवार्य रुपमा अधिवक्ता सहयोगी राख्नुपर्ने भएको छ।
नेपाल कानून व्यवसायी परिषद्ले बुधबार जारी रेको सूचनामा वरिष्ठ अधिवक्ताले बहस गर्दा अनिवार्य रुपमा एक जना वकिल राख्नुपर्ने उल्लेख छ । कानून व्यवसायीको आचारसंहिता, २०५१ को नियम ३ को उपनियम ९२० मा वरिष्ठ अधिवक्ताले कुनै पनि मुद्दामा इजलास बहस गर्दा कम्तीमा एक जना अधिवक्ता व्यवसायिक रुपमा संलग्न गराउनुपर्ने उल्लेख छ।




