Author Archive

बागलुङ बसपार्कमा जिपको ठक्करले स्कुटर चालकको मृत्यु

पोखरा बागलुङ बसपार्कमा जिपले ठक्कर दिँद एक स्कुटर चालकको मृत्यु भएको छ । शनिबार राति ९ बजे बाग्लुङ बसपार्क अगाडि बाग्लुङ पोखरा सडक खण्डमा हरिचोकबाट जिरो किमीतर्फ जादै गरेको ग १ ज ५८९६ नंम्वरको जिपले बाग्लुङ बसपार्कबाट बाटो क्रस गर्ने क्रममा ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँएको थियो । ठक्करबाट घाइते स्कुटर चालक माछापुछ्रे गाउँपालिका ७ धम्पुस की २६ वर्षीया तारा विकलाई उपचारका लागि फिस्टेल अस्पताल पठाईएकोमा डाक्टरले… पुरा पढौ

बौद्धिक संस्थाहरुलाई नेकपाको भातृ संगठन नबनाइयोस्

गण्डकी प्रदेश अन्तर्गतका स्थानिय तथा प्रदेश स्तरमा गठन हुन लागेको, विभिन्न प्रतिष्ठान एवं विकास वोर्ड सम्बन्धि अवधारणा, प्रकृया र पुराना नजिरहरुका विषयमा यस सम्मानित सभामा केही विषय राख्ने अनुमति चाहन्छु । साँस्कृतिक क्षेत्र, साहित्यिक क्षेत्र तथा प्राज्ञिक क्षेत्रलाई संरक्षण र पर्वद्धन गर्ने उदेश्यनुरुप प्रतिष्ठान तथा वोर्ड गर्ने अवधारणा रहेको छ । यसै क्रममा प्रदेश सभाबाट विधयक बनेर गठनको क्रममा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास वोर्ड, गण्डकी प्रदेश गठनको… पुरा पढौ

दशैं लक्षित यामाहाका ३ नयाँ मोडल

यामाहाको अधिकृत विक्रेता पोखराको नयाबजारमा रहेको भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालिले नेपालीको महान चाँड बडादशैंको अवसरमा यामाहाको थप ३ नया मोडल पोखरा भित्र्याएको छ । भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालि नयाबजारले दशैंको अवसरमा ट्रायल बाईक (एक्सटिजेड १५० सिसी) र स्कुटरमा थप दुई नया मोडल भित्राएको हो । एफआई ईञ्जिनको सो बाईक युवा पुस्ताको लागि उपयुक्त छ । स्कुटरमा यामाहाको रे जेडआर डिसब्रेक र ड्रमब्रेक बिक्रीका लागि राखिएको भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले… पुरा पढौ

शिक्षामन्त्रीलाई पनि संक्रमण

शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनका प्रेस सल्लाहकार सुनिल खड्काले पोखरेललाई संक्रमण भएको पुष्टि गरे । शनिबार ज्वरो आएपछि अस्पताल भर्ना भएका पोखरेललाई परीक्षणका क्रममा कोरोना देखिएको हो । पोखरेलको स्वास्थ्य अवस्था सामान्य छ । शनिबार पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण देखिएको थियो । पुरा पढौ

सेनालाई हजार बेडको अस्पताल र १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन लगाऔं

आज संक्रमितको संख्या १ लाख नाघेको छ | काठमाडौं उपत्यका लगायतका ठाउँमा आइसीयु बेड मात्र होइन, संक्रमितको लागि आइसोलेसन बेडको समेत अभाव भएको छ | सहरमा भीडभाड ब्यापक छ, तरकारी पसल र फुटपाथको भीड निकै अत्यासलाग्दो छ | उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको छ |१. जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस् | स्वास्थ्य मन्त्रालयले परिक्षण ब्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आबश्यकता… पुरा पढौ

‘समाज बद्लियो, महिलाप्रतिको दृष्टिकोण बदलिएन’

पोखराका विभिन्न क्षेत्रका महिलाले समाज महिलामैत्री हुन नसकेको गुनासो गरेका छन् ।युनाइट्स नेपालको आयोजना र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको सहकार्यमा पोखरामा आयोजित महिला सशक्तीकरण तथा लैङ्किक हिंसा न्यूनीकरण कार्यशाला गोष्ठीमा उनीहरुले महिलामा योग्यता र दक्षता हुँदाहुँदै पनि महिलामैत्री वातावरणको अभावमा अवसरबाट बञ्चित हुनुपरेको बताए । समाज जति नै विकसित हुँदै गए पनि महिलाप्रति सकारात्मक दृष्टिकोणको अभावले अवसरबाट बञ्चित हुँदा निर्णायक तहसम्म पुग्न नसकेको उनीहरुको भनाइ थियो । साथै,… पुरा पढौ

नेपालमा कोरोना संक्रमित १ लाख नाघे

नेपालमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २ हजार ५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख नाघेको छ । अहिलेसम्म कुल एक लाख ६७६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६ सय ८० जना संक्रमण मुक्त… पुरा पढौ

स्याङ्जामा बसको ठक्करबाट २ जनाको मृत्यु

स्याङ्जाको भीरकोटमा आज अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरित दिशाबाट आएको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । उनका अनुसार स्याङ्जाको भीरकोट–३ बानेथोक देउराली घर भई हाल… पुरा पढौ

श्रीमानको कुटाइबाट घाइते ज्ञानकुमारीको मृत्यु

श्रीमानको कुटाइबाट गम्भीर घाइते बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी को उपचार गर्न लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते बनेकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो । आफ्नै घरमा श्रीमानको कुटाइ खानुभएकी ज्ञानकुमारी ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा… पुरा पढौ

जनसक्रिय टोलको अध्यक्षमा डिबी राई

जनसक्रिय टोल विकास संस्था, पोखरा–१४ को अध्यक्षमा डीबी राई सर्वसम्मत भएका छन् । बुधबार भएको संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्षमा सु यामबहादुर गुरुङ, सचिवमा माधव क्षेत्री, सह–सचिवमा तीर्थ श्रेष्ठ र कोषाध्यक्षमा विन्दुकुमारी श्रेष्ठ सर्वसम्मत चुनिएका हुन् । सदस्यमा बाबुराम थापा, विष्णुकुमारी गौचन, टेकबहादुर कुँवर, डोलमाया मानन्धर, नन्दप्रसाद तुलाचन, डिलप्रसाद पौडेल, मुना थापा र जीवन गुरुङ निर्वाचित भए । मीरादेवी आचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा डिल्ली सुवेदी र अमृत दाहाल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं