जनसक्रिय टोलको अध्यक्षमा डिबी राई

जनसक्रिय टोल विकास संस्था, पोखरा–१४ को अध्यक्षमा डीबी राई सर्वसम्मत भएका छन् ।

बुधबार भएको संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्षमा सु यामबहादुर गुरुङ, सचिवमा माधव क्षेत्री, सह–सचिवमा तीर्थ श्रेष्ठ र कोषाध्यक्षमा विन्दुकुमारी श्रेष्ठ सर्वसम्मत चुनिएका हुन् ।

सदस्यमा बाबुराम थापा, विष्णुकुमारी गौचन, टेकबहादुर कुँवर, डोलमाया मानन्धर, नन्दप्रसाद तुलाचन, डिलप्रसाद पौडेल, मुना थापा र जीवन गुरुङ निर्वाचित भए । मीरादेवी आचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा डिल्ली सुवेदी र अमृत दाहाल थिए ।

अधिवेशन उद्घाटन गर्दै पोखरा–१४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले नयाँ टोल विकास संस्था भए पनि संस्थाले विकास निर्माणका लागि प्रशंसनीय काम गरेको बताउ ।

कार्यक्रममा शुक्रराज बलभद्र मावि व्यवस्थापन समितिका अध्यक्ष रोमबहादुर कार्की, पोखरा–१४ का वडा सदस्य ढोलबहादुर गुरुङ, नेपाली कांग्रेस, पोखरा–१४ का वडा सभापति बोधबहादुर कार्की, खाल्टे टोल विकास संस्थाका अध्यक्ष सु भीमबहादुर गुरुङ, मसिना टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र सुवेदी, सामुदायिक सेवा केन्द्र, पोखरा–१२, माटेपानीकी मीरादेवी आचार्यलगायतले बोलेका थिए ।