Author Archive

अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई पिआर र नागरिकता नदिने

अमेरिकाले कुनै पनि कम्युनिस्ट पार्टीका सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने भएको छ । युएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस)ले शुक्रबार यो नीति घोषणा गरेको हो । अहिले यो कानुन चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यप्रति लक्षित रहेको बताइन्छ । ‘सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुनेछ,’ यूएससीआईएसले उल्लेख गरेको छ । सन् १९५० मा पनि अमेरिकाले यो कानुन… पुरा पढौ

पोखरा प्रज्ञा प्रतिष्ठानमा ११ जनाको नाम सिफारिस

पोखरा महानगरपालिकाले गठन गर्न लागेको पोखरा प्रज्ञा प्रतिष्ठान गठनका लागि ११ जनाको नाम सिफारिस भएको छ । आइतबार सिफारिस समितिले पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, जीवन दाहाल, सरस्वती श्रेष्ठ सरु, मीलन शेरचन, सुरज उपाध्याय, प्रकाश ज्ञवाली, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन) र प्रतीक थापाको नाम सिफारिस गरेको हो । प्रतिष्ठानका संरक्षकसमेत रहेका मेयर मानबहादुर जिसीले कुलपति, उपकुलपति र परिषद् सदस्य एवं सदस्य मनोनयन गर्ने छन् । ११ सदस्यीय प्रतिष्ठानमा… पुरा पढौ

हाटले मनायो विश्व रेबिज दिवस

पोखरामा हिमालयन एनिमल रेस्क्यु टिम (हाट)ले विश्व रेबिज दिवस मनाएको छ ।सडकमा भेटिएका कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउनुका साथ १० घाइते कुकुरको उपचार गरिएको संस्थाका सदस्य सागर बरालले बताए । हार्टले आयोजना गरेको सत्ताहव्यापी कार्यक्रम शनिबार सकिएको छ । संस्थाका अध्यक्ष चित्रराज बरालले यस खालका कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइने जनाए । कार्यक्रममा हाटका संस्थापक अध्यक्ष दिव्यकुमार बराल, संस्थापक जुटियट कुनलिफी, सल्लाहकार रामकुमार श्रेष्ठ, उपाध्यक्ष प्रकाश बराल लगायत सहभागी थिए… पुरा पढौ

जबर्जस्ती करणी आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा

सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए । वडाध्यक्ष मियाँविरुद्ध मुद्दा दर्ता भएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक… पुरा पढौ

Poem : I am an atom!

I am an atom!If you want to look in that sky!From that wind!This mud!This water!I am a molecule human of this universe! I am the light of the sun!I am an infinite part of Aura souls !And I want to play a life of from that bottoms up galaxy!With the radiant rays, these radiations of my sorrow who are destroyed byWhere destroyed the miserable catastrophes of this world!And I can… पुरा पढौ

एमसिसी विरुद्ध संयुक्त प्रदर्शन गर्दै १४ पार्टी

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सम्झौता खारेजीको माग गर्दै आएका नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (मसाल) लगायतका १४ राजनीतिक दलहरुले पोखरामा संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्। शुक्रबार राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालको अध्यक्षतामा बसेको १४ राजनीतिक दलको बैठकले यही असोज २१ गते गण्डकी प्रदेशसभा भवनअघि विरोध कार्यक्रम गर्ने तय गरेको हो। बैठकमा नेकपा क्रान्तिकारी माओवादीका गण्डकी प्रदेश सेक्रेटरी केशबहादुर परियार, केन्द्रिय सदस्य नारायण अधिकारी, केन्द्रिय सदस्य बाबुराम सुवेदी, नेकपा… पुरा पढौ

जनप्रिय सहकारीको १७ औं साधारण सभा

प्रवेशद्धारमा माक्स र सेनिटाइजरको व्यवस्था, मञ्चमा चार पाँच जना अतिथि, सामाजिक दुरीमा रहेका कार्यसमितिका पदाधिकारी र विभिन्न उपसमितिका सदस्य तथा सल्लाहकारको उपस्थिति । यसरी पोखरा २६ को जनप्रिय सहकारी संस्थाले १७ औं वार्षिक साधारणसभा गरेको छ । पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नारायणप्रसाद बरालले भौतिक रुपमा सेयर सदस्यको उपस्थिति नगराई नीति र नियममा रहेर सहकारीले गरेको साधारणसभा उदाहरणीय भएको बताए । संस्थाका अध्यक्ष मुरारी बरालले भावी योजनाका बारेमा… पुरा पढौ

३ पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति

नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित विभिन्न पुरस्कारमध्ये तीन पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । कोरोना महामारीबीच पनि युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा बसेको बैठकले ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ , ‘नेपाल पे्रस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘शान्ति पत्रकारिता पुरस्कार’ का लागि समिति गठन गरेको हो । ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ को लागि युनियन सल्लाहकार एवं पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बास्तोलाको संयोजकत्वमा प्रतिभा छनोट… पुरा पढौ

महिलालाई कपाल मुडेर दिसा खुवाइयो, मोसो लाएर गाउँ घुमाइयो

परपुरुषसँग प्रेमसम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको खबर आजको नयाँ पत्रिका दैनिक छ । उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ पनि नगरी महिलालाई निर्घात कुटपिट गरिएको छ। शुक्रबार बिहान ८ बजेदेखि कुटपिट भएको उनले बताएकी छिन् । ‘मान्छेहरू जम्मा भएर दिसा खुवाए, त्यसपछि मेरो कपाल मुण्डन गरे,’ उनले भनिन्, ‘कपाल मुडिदिएपछि… पुरा पढौ

अब लकडाउन गर्ने योजना छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि २५ हजार सक्रिय सङ्क्रमित भएपछि फेरि पनि लकडाउन गर्ने निर्णय गरेको थियो । यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएपछि सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै सरकारलाई बन्दाबन्दी गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको थियो । तर अहिले स्वास्थ्य मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि बन्दाबन्दी गर्नुनपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं