जनप्रिय सहकारीको १७ औं साधारण सभा

प्रवेशद्धारमा माक्स र सेनिटाइजरको व्यवस्था, मञ्चमा चार पाँच जना अतिथि, सामाजिक दुरीमा रहेका कार्यसमितिका पदाधिकारी र विभिन्न उपसमितिका सदस्य तथा सल्लाहकारको उपस्थिति । यसरी पोखरा २६ को जनप्रिय सहकारी संस्थाले १७ औं वार्षिक साधारणसभा गरेको छ ।

पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नारायणप्रसाद बरालले भौतिक रुपमा सेयर सदस्यको उपस्थिति नगराई नीति र नियममा रहेर सहकारीले गरेको साधारणसभा उदाहरणीय भएको बताए ।

संस्थाका अध्यक्ष मुरारी बरालले भावी योजनाका बारेमा जानकारी गराउदै सबै सेयर सदस्यको साथ र सहयोगले लक्ष्य अनुसारको प्रगति गर्न सफल भएको बताए । उपाध्यक्ष रवीन्द्रमोहन अधिकारीले एक हप्ता लगाएर संस्थाको प्रतिवेदन सेयर सदस्यको हातमा पु¥याई संकलित सुझावका आधारमा साधारण सभा गरिएको उल्लेख गरे ।

कर्यक्रममा संस्थाका कोषाध्यक्ष खेमप्रसाद भण्डारीले आर्थिक प्रतिवेदन र सचिव जगन्नाथ तिमिल्सेनाले प्रगति विविरण पेश गरेका थिए भने लेखा समितिका संयोजक रमेश रानाभाट, पूर्व सञ्चालक समितिका सदस्य ईश्वरीप्रसाद अधिकारी, सल्लाहकार खगेन्द्रराज आचार्य, सहकारी एकीकरण उप–समितिका संयोजक बेदनाथ ढुंगाना, सदस्य रंनाथ तिमिल्सेना लगायतले कोरना भाइरसका कारणले कमजोर भएको अर्थतन्त्रलाई वलियो बनाउन र सेयर सदस्यको लगानीको उचित प्रतिफल दिन सहकारी सफल भएकोमा खुसी ब्यक्त गरेका थिए ।

२०३३ सालमा स्थापना भएको सहकारीले विगत लामो समय कृषि सामग्री सुलभ पसल सञ्चालन गरी पछिल्लो समय बचत तथा ऋणको कारोबार गर्न थालेको छ । १ हजार ४ सय २२ सेयर सदस्यमार्फत ३ करोड ५९लाख ८४ हजार ८ सय सेयर पुँजी छ ।