हाटले मनायो विश्व रेबिज दिवस

पोखरामा हिमालयन एनिमल रेस्क्यु टिम (हाट)ले विश्व रेबिज दिवस मनाएको छ ।
सडकमा भेटिएका कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउनुका साथ १० घाइते कुकुरको उपचार गरिएको संस्थाका सदस्य सागर बरालले बताए ।

हार्टले आयोजना गरेको सत्ताहव्यापी कार्यक्रम शनिबार सकिएको छ । संस्थाका अध्यक्ष चित्रराज बरालले यस खालका कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइने जनाए ।

कार्यक्रममा हाटका संस्थापक अध्यक्ष दिव्यकुमार बराल, संस्थापक जुटियट कुनलिफी, सल्लाहकार रामकुमार श्रेष्ठ, उपाध्यक्ष प्रकाश बराल लगायत सहभागी थिए । संस्थाका कोषाध्यक्ष मनोज पन्तको संयोजकत्वमा कार्यक्रम भएको हो ।