अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई पिआर र नागरिकता नदिने

अमेरिकाले कुनै पनि कम्युनिस्ट पार्टीका सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने भएको छ ।

युएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस)ले शुक्रबार यो नीति घोषणा गरेको हो । अहिले यो कानुन चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यप्रति लक्षित रहेको बताइन्छ ।

‘सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुनेछ,’ यूएससीआईएसले उल्लेख गरेको छ ।

सन् १९५० मा पनि अमेरिकाले यो कानुन लागु गरेको थियो। एजेन्सी