अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सम्झौता खारेजीको माग गर्दै आएका नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (मसाल) लगायतका १४ राजनीतिक दलहरुले पोखरामा संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्।
शुक्रबार राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालको अध्यक्षतामा बसेको १४ राजनीतिक दलको बैठकले यही असोज २१ गते गण्डकी प्रदेशसभा भवनअघि विरोध कार्यक्रम गर्ने तय गरेको हो।
बैठकमा नेकपा क्रान्तिकारी माओवादीका गण्डकी प्रदेश सेक्रेटरी केशबहादुर परियार, केन्द्रिय सदस्य नारायण अधिकारी, केन्द्रिय सदस्य बाबुराम सुवेदी, नेकपा मसालका कास्की प्रवक्ता चन्द्रबहादुर केसी, नेकपा मालेका केन्द्रीय सदस्य होमनाथ गिरी, केन्द्रीय सदस्य टेक नाथ भण्डारी, देजमो गण्डकी प्रदेश अध्यक्ष नेत्र रानाभाट, राजमो कास्कीका अध्यक्ष रबिमोहन ढकाल, सहसचिव बिक्रम थापा, नगर समिति अध्यक्ष बिष्णु पुरी, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सेक्रेटरी भोजराज त्रिपाठी, अनेरास्ववियु छैठौका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, जनजाति सम्मेलन क्षेत्रीय सदस्य डम्बर थापा, उधोग ब्यापार संघका केन्द्रीय सदस्य सन्तोष पौडेल लगायतका नेताको सहभागीता थियो।




