Author Archive

श्रीपति पुरस्कार आविष्कार केन्द्रलाई

श्रीपति समाजसेवा पुरस्कार २०७८ राष्ट्रिय आविस्कार केन्द्र काठमाडौंलाई प्रदान गरिने भएको छ । पुरस्कार राशि२ लाख २२ हजार २ सय २२ नगदसहित श्रीपति समाजसेवा पदक र ताम्रपत्र छ । श्रीपति कोइराला गुठीले विज्ञान र प्रविधिको क्षेत्रमा देश र जनताको सेवा गरेकोमा केन्द्रलाई पुरस्कार प्रदान गर्न लागेको अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले बताए । यसअघि यो पुरस्कार पहिलोपल्ट माइती नेपाललाई प्रदान गरिएको थियो । अध्यक्ष कोइरालाले महावीर पुनको अगुवाईमा खोलिएको संस्थालाई सम्मान गर्न… पुरा पढौ

छोरी जन्मिए पालिकाले १५ हजार दिने

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत गरिदिने कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन गाउँपालिकाले कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । ‘परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले १५ हजार बचत गर्छ र त्यो बच्चाको परिवारलाई पनि अनिवार्य कम्तीमा… पुरा पढौ

एमालेका २ पक्षबीच १० बुँदे सहमति

नेकपा एमालेभित्रको विवादलाई कार्यदल स्तरको बैठकले मिलाएको छ । आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले बताए । कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । अब यो सहमतिपत्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समक्ष पेश गरिनेछ । पुरा पढौ

कालिका मन्दिर परिसरमा लियोको डस्टबिन

लियो क्लब अफ तनहुँ दमौलीले व्यास ४ स्थित रहेको कालिका मन्दिर परिसरमा फोहोर फाल्ने डस्टबिन राखेको छ । व्यास नगरपालिकाको सहयोगमा क्लबले शनिबार एक कार्यक्रम गरी १० वटा डस्बिन राखेको हो । कार्यक्रममा व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक कार्यमा युवाको सक्रियता रहनु राम्रो रहेको बताए । उनले भने, ‘समाजलाई सहि दिशा तर्फ लैजान युवाहरुले ठूलो भूमिका खेल्न आवश्यक छ । क्लबले यस्तो कार्यलाई निरन्तरता दिन आवश्यक छ ।’ पछिल्लो… पुरा पढौ

छात्रामाथि यौन दुर्व्यहार अभियोगमा प्रधानाध्यापक पक्राउ

पोखरा २२ मा रहेको ओखलेडाँडा भुम्दिकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला बाल यौन दुराचार आरोपमा पक्राउ परेका छन् । उनीमाथि आफ्नै १५ वर्षीया विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोप छ । कास्की प्रहरी प्रवक्ता सुवास हमालले बास्तोलालाई पक्राउ गरी ७ दिन म्याद थप भएको जानकारी दिए । बालिकाको परिवारले बुधबार बास्तोलाविरुद्ध जाहेरी दिएको थियो । मानसिक समस्या देखिएपछि घरमा सोधखोज गर्ने क्रममा दुव्र्यवहार भएको छात्राले बताएकी थिइन् । घटना थाहा भएपछि बास्तोलामाथि… पुरा पढौ

विप्लव नेकपाका विद्यार्थी नेता बास्तोला पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता प्रकाश बास्तोलालाई पक्राउ गरेको छ । उनलाई पोखरा रङ्गशाला अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् । उनलाई यसअघि पनि नेकपा प्रतिबन्धित भएको अवस्थामा पटक–पटक पक्राउ परेका थिए । पोखराका विभिन्न व्यक्ति र व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलेकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभाष हमालले बताए । उनको घर कास्कीको रुपा गाउपालिका… पुरा पढौ

कविता : लिलाम बजारमा विश्वासको पसल

खरसाङका कवि ऋषि राई र रचना अनाकारप्रति सादर समर्पित फिलहाल मअन्योल, शङ्का अविश्वास, धोकाकाअलङ्घ्य पर्खाल नाघ्नेअसफल प्रयासमा जुटेको छुआफ्नो कर्तव्यबाट छुटेरटाढा टाढा कतैआफूलाई खोजिहिँडेको छुमरिचिकाको पछि पछि यहाँका कुनै ऐना पनिसमतल छैनकुनै खोलाको पानी नधमिलिएको छैनजहाँ आफ्नो अनुहार दुरुस्त देखियोस्बाचा र भाकाहरू लिलाम बजारको सोकेसभित्र झुण्ड्याएरक्रेताहरू खरिदेका छन् बिक्रेतालेक्रेताले खरिदेका छ्न् झोलाभरि धोकाहरू डिस्पोजेबल!सबै डिस्पोजेबल छआत्मीयता, सहृदयता, बाचा, आश्वासनरङ्गीचङ्गी प्याकेटमा भराएरधमाधम बेचिन्छपैसामा बेचिन्छ स्वाभिमानपैसामा इजमसहिदलाई विज्ञापनको पोस्टर बनाएर। धन्न भए… पुरा पढौ

कविता : पीडाका दुई मेरु

आनन्दको भाग्यरेखा जन्मदै लिएर आउँछन् कि आउँदैनन् थाहा छैन,तर पीडाका रेखा अनगिन्ती थपिन्छन् जन्मिएपछि ।पीडाले कुटाइ कटाइ थिचाइ सबै सहन्छ निर्विकार।जुत्ता चप्पलले छाला उक्काउनेगरि रगड्छन्त्योपनि सहन्छ।जसको जस्तो भाग्यमा छ त्यही बेहोर्नुपर्ने हुन्छ सायद,तर रत्तिभर गुनासो छैन पीडालाई।सुकेका बालुवा निचोरेर पानी निकाल्न जान्दछ ऊ,ऊ बोल्छ पीडितसँग,आनन्दको कुरा गर्छन्अचानोले काटिदाँको आनन्द सुनाउँछ,ओखलीले कुटिएको,डोरमेटले रग्डिएको,भोकले पोलेको,माटो र बाटोले थिचाइको,आँसुले पिरोलिएको,अरू यस्तै थुप्रैले सुनाउँछन् ।पीडाको कुरा कसैले गर्दैनन्।कसैको शब्दकोषमा 'ऐय्या' शब्दनै छैन। पीडामै आनन्द… पुरा पढौ

कविता : चिकित्सालयमा सभ्यता

सिङ्गो मानव सभ्यतालाई हल्लाइदिनेजीवनका विशाल विशाल ज्वारभाटाहरूटाढैबाट देख्नआखाँहरूले कहिले लगाउने हुन्विचार र विवेचनाको पारदर्शी चस्माअनि हिँड्ने हुन् नि:सङ्कोचसारा सभ्यतालाई काँधमा भिरेरयुगौंदेखिएकैठाउँमा उभिएर हेरिरहेको एेनाकोमुटुशोकाकूल सारङ्गीको तारमा रेटिएको छउसले देखेकोछभद्रताको अभिनय गर्ने जिउँदा आखाँहरूकारेटिनाहरू चरचरी चर्किएकोविकलाङ्ग बनेरअध्यारो कोठामा मातेर लमतन्न सुतेकोचुहिरहेकोतरल आत्मीयताआफैले बुनेको षडयन्त्रको शृङ्खलाबाटयो कुनै रङ्गमञ्चको दृश्य होइनरोगग्रस्त सभ्यताको जीर्ण शरीरको दृष्टि होआँखाहरू आँखा भइरहेका छैनन्चस्माले बदलाइदिएको छ वस्तुको रङरङ्गीन ऐनामा प्रतिबिम्बित हुँदैछ उल्टो तस्बिरसभ्यतालाई बौराउन कुन उपाचार गृहमातम्तयार हुने… पुरा पढौ

मन्त्रालयको गाडीभित्र मध्यराति यौन लीला

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन् । प्रदेश ३ ०१ ००२ झ ५०५२ नम्बरको गाडीबाट बुधबार राति ११ बजे उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २ पुरुष र १ महिला छन् । गस्तीमा गएको प्रहरीले राति सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिएको गाडीबाट उनीहरुलाई निर्वस्त्र अवस्थामा नियन्त्रणमा लिएको हो । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं