Author Archive

कविता : एक नशालु आक्रोश

अहङकारले गोलो लगाएको थियो मस्तिष्कमाखिया लागेर गिदीभरिधूमिल भएको थियो विवेकआफूलाई नियन्त्रणमा राख्ने कुराहरूधेरै जटिल थिए मेरा वरिपरि घुमिरह्यो पृथ्वीम महाकाश जित्ने सपनामा पौरिरहेँ आज मच्छ्डदानीका डोरीहरू राम्रो बँधाइ भएनछ सायद घडीको आवाज रोकियोचल्दाचल्दैको देवाल घडीकाँटा फुस्किएर अपाङ्ग भएको थियोपाइला रोकिएर उभिएको थियोठाउँका ठाउँसमयले पछि फर्किएर हेरेको थिएन पुलुक्क घडीले बाँध्न सकेन समयलाई खोरभित्र मैले आजसम्म गन्न सकिनँसमय कति पाइला हिँड्यो मेरो जीवनमाअब बाँकी कति छ मनभित्र अझै पनिधेरै शब्दका कोलाहल… पुरा पढौ

कविता : मलाई मेरो पुरानै नेपाल फर्काईदेऊ

बिन्ती छ, मलाई मेरो पुरानै नेपाल फर्काईदेऊस्कुल सकिनेबित्तिकै आमाको ममता बोकेर बच्चाहरुको थालीमा आईपुग्नेमकै, भटमास र मोही फर्काइदेऊवर्ष दिनमै भए पनि परदेशीएका छोराहरुको हँसीलो मुहार बोकेर घर फर्कनेदशैंका जुनेली रातहरु फर्काईदेउरोपाईं गर्दा मेरा दिदीबहिनीहरुले गाउने गरेको मीठो गीतको भाका फर्काईदेऊवर्षातको पानीले भिजेर बसाएका ती घुमाउने घरका माटोका भित्ताहरु फर्काईदेऊमलाई उकुसमुकुस भइरहेछ आज यो सहरमा सास फेर्नमलाई केराका पात र पाखुरीका बोटको गन्ध बोकेर आउनेमेरो गाउँको त्यो शक्तिवर्धक हावा फर्काईदेऊविकृति पोतिएका… पुरा पढौ

कविता : बौलाहा

एउटा अलौकिक कुहिराको देशमा पुगेरप्रव्रजित भएका चिन्ताहरू सँग रुमलिएर,कहिले यता कहिले उताभौँतारी रहन्छमान्छेले सीमान्तीकृत गरेको मान्छे।निरुद्विग्न साधुजस्तै हिँड्छऊ जस्तै देखिने मान्छेको जङ्गलमा।आधा जिन्दगी आधा मृत अस्तित्व छ उसको।चिसो बाफिलो हावामा स्वास फेर्छ ऊजिन्दगीलाई झुम्रा-थाङ्नामा बेर्छअर्धमृतलाई जिउँदैराख्न डस्टबिनमा टाउको डुबाउँछ। सद्देले देखेको ऊ देख्दैन,उसले देखेको सद्देले देख्दैनअरूले उसमा विकृति देख्छनऊ आँफुमा रूप परिवर्तन भएको देख्छ।चिरेर हेर त उसको निरुद्वेग हाँसोनिष्पाप देवाणु भेट्ने छौ। पुरा पढौ

मुख्यमन्त्रीको प्रेस संयोजकमा कोइराला

पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील कोइराला हाल आदर्श समाज दैनिकका सम्पादक छन् । उनले २०५८ सालमा अन्नपूर्ण पोस्टदेखि पत्रकारिता सुरु गरेका थिए । सुरुआतमा काठमाडौंमै रहँदा डेस्कमा कार्यरत उनी २०६५ सालदेखि पोखरामा दी हिमालयन टाइम्स र अन्नपूर्ण पोस्टको व्यूरो चिफ सम्हाल्न आइपुगेका… पुरा पढौ

मनाङका सरकारी कार्यालयमा सोलार जडान थालियो

बाढी, पहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकामम चामेका सरकारी कार्यालयमा सोलार जडान आजबाट सुरु भएको छ । ४२ किलोवाटको लघु जलविद्युत आयोजना बाढीले बगाएपछि जेठ ३० गतेबाट चामेका सरकारी कार्यालयमा विद्युत सुविधा विच्छेद भएको थियो । जसका कारण सरकारी कार्यालयमा विद्युतीय भुक्तानी सेवा, सूचना प्रविधि र कम्प्युटर प्रनालीमा आधारित सरकारी सेवा प्रवाह अवरुद्द भएपछि प्रदेश सरकारले सोलार उपलब्ध गराएको हो । गण्डकी प्रदेश सरकारका तर्फबाट १६ वटा कार्यालयका… पुरा पढौ

कविता : मृत्युको संस्कृति

स्मशानले पनि भन्यो-मानिस मलाई मृत्युको तस्वीर यति सस्तो बनेको देख्न मन लाग्दैनकि अस्पतालको सैय्याभित्र पनिमानिस जिउँदो हुन सक्छ नि उसको यादहरुमाउसले कमाइरहेको चिर पहिचानहरुमा र कति सकस हुँदो हो यो मृत्युको शोकमा शोक मनाइरहेका आफन्तहरुभित्र,शुभचिन्तकहरुभित्र,शुभ चिन्तकहरुलाई,यो मृत्युको पीडाधेरै पटकयो मोफसलमायति सस्तो गरीमृत्युलाई छरपस्ट पारेर अखबारमा बिकाइरहेको खबर देख्न ! कि मृत्यु अन्त्य हो, यी सबको शुरुवात होइन …………………. यसरी खबर बनिनकै लागि जनअदालतमा यसरी मृत्यु बिकिरहेको सभ्यतामाथि निहुरिएरमृत्यु आफै भनिरहेको… पुरा पढौ

केही मुक्तक

जनता लुट्नै गएको हो भने भन्नु केही छैनजनता भुट्नै गएको हो भने भन्नु केही छैनहोइन भने केही गरेर देखाओ ए चटकेहरूकर असुल्नै गएको हो भने भन्नु केही छैन । १धम्कीको भाषामा तपाईं जे भन्नुहोस् महाशयजनार्दन कमजोर छैनन् बुझिहाल्छन् आशयचुच्चे नक्सा छापिन्छ जमिन खोजिन्न किन ?शासक मोटा जनजीवन भयो झनै कष्टमय। २ पालेको कुकुर भुक्छ मालिकको पक्षमाजनता मारेर तन्कन्छ सालिकको कक्षमायसो देख्छु परिदृश्य हाम्रोतिर हिजोआजयसरी नै त पुग्ने होला, सहश्राब्दी लक्ष्यमा।३ पुरा पढौ

कविता : मूर्ख शासक र विदीर्ण इतिहास

धारिला खुँडा र तरवार मात्रहुन्जल्लादकाऔजारत्यसैलेमेरा गाउँका जोशिला युवाहरुकतै जल्लादमा नियुक्त नहुन भन्नेकामना गर्न थालेको छुमलाई डर लाग्न थाल्छकिनकी मन र मस्तिष्कले जल्लादहरुसाङ्गलाले बाँधिएकानिम्छरा सत्य र तथ्यकागर्धन मात्र देख्न थाल्छन, रमात्र यौटाआदेश वाइसाराको पर्खाइमाधारिला खुँडा र तरवार नचाइरहेका हुन्छन् जल्लादहरु,हुनत–यथार्थ र इतिहास जस्तै हुन्जो कठोर र निर्मम हुने गर्छन्तर फरक–शासकहरु विवेकहीनभएरतानाशाहबन्दै गर्दायथार्थ र इतिहासनिरीह चुपचाप बसिरहेका हुन्छन्, तरजल्लादहरु सलबलाइरहेका हुन्छन्, रधारिला हतियारहरु चम्किरहेका हुन्छन् यथार्थ र इतिहास दुबैलाई थाहा छसमयशासकको दास… पुरा पढौ

निबन्ध : मेरो प्यारो पोखरा

पोखरा गण्डकी प्रदेशको कास्की जिल्लामा अबस्थित रहेको छ।पोखरा कास्की जिल्ला र गण्डकी प्रदेशको सदरमुकाम पनि हो।चारैतिर भर्याङआकारका हरियाली डाँडाहरुले घेरेका छन।बिचमा सम्म परेको पोखरा भ्याली बिबाहमा सिंगारिएको बेहुली जस्तै सुन्दर अनि असाध्यै सफा छ।पोखराको बिचमा रहेको फेवाताल र त्यसमा पौडी खेल्ने माछापुच्छ्रे हिमालको छाँयाँले पोखराको सुन्दरतालाइ अझ मनमोहक बनाएको छ।पोखरामा धेरै घरहरु छन। यहाँ सतहत्तर जिल्लाका मानिसहरु बस्नुहुन्छ।पोखरेलीहरुको मन पोखरा जस्तै पोखरा जस्तै सफा र सुन्दर छ।यहाँ धेरै क्याम्पस र… पुरा पढौ

प्रदेशले चाडै खोप ल्याउँछ : मन्त्री अधिकारी

कोभिड कहर नियन्त्रण गर्न दोस्रो चरणको निषेधाज्ञापछि विस्तारै जानजीवन सामान्य हुने अपेक्षा छ । कोभिडको खोप संघ सरकारले मात्र किन्ने व्यवस्था रहेकोमा प्रदेश र स्थानीय तहहरुले पनि यो अधिकार मागिरहेका छन् । अपेक्षा बमोजिम सरकारले नागरिकलाई खोप उपलब्ध गराउन नसकेको गुनासो आइरहँदा नागरिक स्तरबाट भने उल्लेख्य रुपमा कोभिड पीडितलाई राहत र सुरक्षा सामग्री हस्तान्तरण भइरहेको छ । बिहीबार पोखरा १३, मियाँपाटमा रहेको अन्नपूर्ण क्लिनिकल प्रालि र नमस्ते फार्मेसियाले आयोजना गरेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं