Author Archive

अनामिका ( लघुकथा)

कागती कसरी हो ?बीसको पाँच ओटा ।माक्स लगाएकी थिइन्। कता कता बोली परिचित जस्तो लाग्यो । सोध्न सकिनँ । फेरि सोधेँ- "लिची पनी रहेछ ।" किलोको कति हो नि ? उनी हल्का मुस्कुराउँदै बोलिन्," राख्नु न दाइ मिलाएर ।" किलोको एक सय चालीस दिनु न । छोरी 'प्राप्ति मुस्कान' सँगै थिइन् । बाबा इस्ट्रबेरी खान्छु । छोरीले लिचीलाई इस्ट्रबेरी भन्छिन् । साठी रुपैयाँको कागती र एक किलो लिची किनेँ ।… पुरा पढौ

फेवातालको सिल्टेसन ड्याम बाढीले बगायो

file pix गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले फेवाताल संरक्षणका लागि गत वर्ष निर्माण गरेको ‘सिल्टेसन ड्याम’ बाढीले बगाएको छ । बाढीपछि नदीले धार परिर्वतन गर्दा छ घरपरिवार विस्थापित भएका छन् । पोखरा–२३ स्थित फेवातालमा मिसिने हर्पन खोलामा निर्माण गरिएको ड्याम बुधबार रातिको बाढीले बगाएको र केही घरपरिवार विस्थापित भएका सोही वडाका वडाध्यक्ष विष्णु पराजुलीले जानकारी दिए । फेवातालमा मिसिने नदीले बर्खायाममा बगाएर ल्याउने ढुङ्गा, बालुवालगायतका गेग्रानका कारण ताल पुरिँदै… पुरा पढौ

कास्कीको निषेधाज्ञा लम्बियो, होटल, रेस्टुरेन्ट नखुल्ने

कोभिड १९ को दोस्रो लहर नियन्त्रण गर्न कास्कीमा लागू गरिएको निषेधाज्ञाको अवधि लम्बिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बिहीबार जारी गरेको आदेशमा निषेधाज्ञा साउन ५ गते राति १२ बजेसम्म लागू हुने उल्लेख छ । बिहीबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति (डिसिएमसी)को निर्णय अनुसार प्रशासनले अझै होटल, रेस्टुरेन्ट खोल्न बन्देज लगाइएको छ । पछिल्लो समय पर्यटन व्यवसायी र होटल, रेस्टुरेन्टका सञ्चालकहरुले सुरक्षा सावधानी अपनाएर होटल, रेस्टुरेन्ट खोल्न… पुरा पढौ

प्रहरीलाई घूस दिन खोज्ने सहचालक पक्राउ

कास्की प्रहरीले घूस दिन खोजेको आरोपमा १ जनालाई बिहीबार नियन्त्रणमा लिएको छ । बिहीबार बिहान साढे १० बजेतिर पोखरा १७, छोरेपाटनको चेकप्वाइन्टमा सवारी चेकजाँच गर्ने क्रममा ५ सय घूस दिन खोज्ने फेदीखोला २ का ३५ वर्षीय मुक्तिराम पौडेल पक्राउ परेका हुन् । पोखराबाट बुटवल जाँदै गरेको लु२ख २९३ नम्बरको बसका सहचालक पौडेलले सवारी चेकजाँचका क्रममा हामी मिलौं भन्दै ५ सय रुपैयाँ प्रहरीलाई दिन खोजेर र प्रहरीले अस्वीकार गर्दा उल्टै अभद्र… पुरा पढौ

गण्डकीका सबै पालिकाको विपद् कोषमा प्रदेशको ५ लाख

गण्डकी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि ८५ वटै पालिकालाई ५ लाख रुपैयाँका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए । स्थानीय विपद व्यवस्थापन कोषमा विपदजन्य घटनाहरुको रोकथाम, उद्धार र राहत तथा पुनस्र्थापना लगायत प्रयोजनका लागि मात्र खर्च गर्ने उक्त रकम दिन लागिएको हो । चालु आवको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ ।अहिले बाढी पहिराको प्रकोप निकै बढेको… पुरा पढौ

आजको मौसम, कहाँ कस्तो रहला ?

बिहीबार देशका धेरैजसो भागमा वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशकाका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना देखाएको छ । यी प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो, बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । मनसुनी वायुको देशभर सामान्य देखि पूर्ण बदली रहेको र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा… पुरा पढौ

रामबजारीकी होटल सञ्चालक मानव बेचबिखन अभियोगमा पक्राउ

कास्की प्रहरीले पोखरा १० रामबजारबाट एक होटल सञ्चालकसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ । होटलमा राम्रो लगाइदिन्छु भनी एक युवतीलाई खाजा खान आउने व्यक्तिहरुसँग जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाएको अभियोगमा २ जना पक्राउ परेका हुन् । यसरी पक्राउ पर्नेमा ५३ वर्षीया होटल सञ्चालक गौतमी गुरुङ र रुपा १० हंसपुरकी ४० वर्षीया आइतीमाया गुरुङ छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ… पुरा पढौ

विभूति पार्कमा मदन भण्डारीको शालिक

पोखरा महानगर पालिकाले पोखरा १८ जामुनबोटमा बनाएको राष्ट्रिय विभूति तथा सहिद पार्कमा जननेता मदन भण्डारीको पूर्ण कदको शालिक बनाइने भएको छ । मदन भण्डारी फाउन्डेसन कास्कीले मदन भण्डारीको सालिक र मदन वाटिका निर्माण गर्न लागेको हो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र फाउन्डेसन गण्डकी प्रदेश संयोजक भीम कार्कीले बुधबार औपचारिक समारो बीच शालिक शिलान्यास गरे । जननेता भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा फाउन्डेसनले सहिद पार्कका वृक्षरोपणसमेत गरेको छ ।… पुरा पढौ

बेपत्ता योद्धा ज्योतिको सम्झना

नेपाल कम्युनिस्ट पार्टी कास्कीले राज्यद्वारा बेपत्ता सोमबहादुर विक (ज्योति) को सम्झनामा खोजसभा गरेको छ । राज्यको सशस्त्र फोर्सले बिरामी आफन्तको उपचारमा जाँदा गिरफ्तार भएका उनी २०५९ असार २३ देखि बेपत्ता छन् । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पूर्णजीत पुन ‘उभार’ले अहिले सहिद तथा बेपत्ता परिवारले तत्कालीन विद्रोही माओवादीका नेताहरुसँग प्रश्न र खबरदारी गरिरहेको बताए । उभारले सहिद तथा बेपत्ताको सपना पूरा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे । उनले… पुरा पढौ

नीति योजना आयोग सदस्यमा तनहुँका अधिकारी

गण्डकी प्रदेश नीति तथा योजना आयोगमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । सदस्य अधिकारीलाई आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले सोमबार सपथ ग्रहण गराए । आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काको उपस्थितिमा उपाध्यक्ष काफ्लेले सपथ गराएका हुन् । सपथमा मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं