कास्की प्रहरीले पोखरा १० रामबजारबाट एक होटल सञ्चालकसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ । होटलमा राम्रो लगाइदिन्छु भनी एक युवतीलाई खाजा खान आउने व्यक्तिहरुसँग जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाएको अभियोगमा २ जना पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेमा ५३ वर्षीया होटल सञ्चालक गौतमी गुरुङ र रुपा १० हंसपुरकी ४० वर्षीया आइतीमाया गुरुङ छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पीडित महिललाई मनोपरामर्श दिई आफन्तको जिम्मा लगाइएको छ भने पक्राउ परेका २ माथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनीहरुलाई ५ दिन म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।




