Author Archive

फेवातालको विवरण नेपाल राजपत्रमा

पोखरा फेवातालको चारकिल्ला र सीमानासम्बन्धी विवरणसहित पहिलोपल्ट नेपाल राजपत्रमा सूचना प्रकाशित भएको छ । नेपाल राजपत्रको खण्ड ७० भाग ५ मा फागुन १७ गते प्रकाशित उक्त राजपत्रमा फेवातालको चारकिल्ला विवरण तथा सीमारेखाको व्याख्यासमेत गरी फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा तोकिएको छ । चारकिल्लामा पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौदी चंखपुर दम्किलो र दक्षिणमा चिसापानी रानी वन कायम गर्नेसमेत उल्लेख गरिएको छ । राजपत्रमा… पुरा पढौ

हेमराज स्मृति पुरस्कार झरना परिवारलाई

पोखरामा स्थापित हेमराज पहारी स्मृति पुरस्कार बकैया मकवानपुरको झरना साहित्यिक परिवारलाई प्रदान गरिएको छ । हेमराज पहारीको स्मृति दिवसको अवसरमा सोमबार मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममापुरस्कार प्रदान गरिएको हो । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल र हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेले झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशि १ लाख रुपैयाँ नगद र ताम्रपत्र छ । कार्यक्रममा मुख्यमन्त्री पौडेलले पछिल्लो समयमा साहित्यप्रति युवा… पुरा पढौ

चुनावी सरकार बनाऔं : डा भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक सहमति गरी चुनाव सरकार बनाउनुपर्ने विचार राखेका छन् । भारतमा स्वास्थ्य उपचार गरी मंगलबार फर्किएका भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव अघि सारेका हुन् । अहिलेको समस्याको जरो २०६५०६६ पछि भत्किएको राजनीतिक सहमति भएको उल्लेख गर्दै उनले पुरानै ठाउँमा फर्किएर ‘फर्गिभ एण्ड फर्गेट’को स्पिरिटमा राजनीतिक सहमति गर्नुपर्ने सुझाव दिएका छन् । सहमतिको सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने,… पुरा पढौ

पोखरा नर्सिङ क्याम्पस ३९ वर्षमा

पोखरा नर्सिङ क्याम्पस पोखराले ३८ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा विद्यार्थी मुखपत्र र क्याम्पसको प्रोस्पेक्टस लोकर्पण गरियो । क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले क्याम्पसको समृद्धि र विकास तथा क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनमा लैजानका लागि सबैको सहकार्यबाट सम्भव हुने बताइन् । २०३९ सालमा ४० विद्यार्थीबाट सुरु भएको यो क्याम्पसमा अहिले प्रमाणपत्रदेखि स्नातकोत्तरसम्म अध्यापन हुन्छ । समारोहमा उपप्राध्यापक कमला घर्ती र आर्थिक उपनियन्त्रक पुष्पराज पौड्यालनगदसहित सम्मानित भए ।कार्यक्रममा क्याम्पसका बिभिन्न… पुरा पढौ

उपकुलपति प्राडा थापाको बिदाइ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाको कार्यकाल सकिएको छ । ४ वर्षे कार्यकाल पूरा गरेका थापालाई प्रतिष्ठानले सोमबार एक कार्यक्रम गरी बिदाइ गरेको हो । उपकुलपति थापाले अनुसन्धान र अध्यापन दुवै क्षेत्रमा काम भएकाले आफ्नो कार्यक्रम सफल भएको बताए । उनले भने, ‘केही पूर्वाधार नभएको अवस्थामा आएर अनुसन्धान र पढाइ दुवै सुरु गर्न सफल भएका छौं । म मेरो कार्यकाललाई सफल मान्छु ।’ सरकारले सोमबारै पोखरा स्वास्थ्य विज्ञान… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २, २ रुपैयाँ बढाएको हो । आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको… पुरा पढौ

प्रचण्ड–नेपाल समूहले पहिलाको अविश्वास प्रस्ताव अघि नबढाउने

नेकपाको प्रचण्ड–नेपाल समूहले संसद् विघटन भएकै दिन पुस ५ गते संसद् सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएको छ । फागुन ११ मा सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको छ । शून्य समयको प्रस्तावको कानूनी हैसियतमा प्रश्न उठ्ने र यसलाई अगाडि नबढाउनु नै उपयुक्त हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अब नयाँ ढंगले अविश्वास… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डको पुरस्कार बढ्यो

पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ मा विभिन्न विधामा वितरण गरिने पुरस्कारको राशिमा वृद्धि गरिएको हो । मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी विभिन्न ७ विधामा अवार्ड प्रदान गर्नेछ । तीमध्ये लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल… पुरा पढौ

झुसे बारुलाहरुले फूर्ती नलाए हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट अविस्वासको प्रस्ताव पास गरेर आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आइतबार झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका हुन् । ‘तपाईंहरुले संसद फिर्ता गरेर ल्याउनुभएको छ भने, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् ।’ पहिले पनि हटाउँदा जनताले आफूलाई जिताएर पठाएको उल्लेख गर्दै उनले अहिले हटाए तीन करोड… पुरा पढौ

खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव

नेपाल खानेपानी संस्थानले ३२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाउने क्रममा नेपाल खानेपानी संस्थान पोखरा शाखा र हेमजा शाखाले पोखरामा रमाइलो कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । पोखरा शाखाका कार्यालय प्रमुख इन्जिनियर आशीष कार्कीको अध्यक्षतामा भएको सभामा हेमजा शाखाका कार्यालय प्रमुख दिनेश्वरप्रसाद यादवले स्वागत गरेका थिए । संस्थान प्राङगणमा भएको कार्यक्रममा घैटो फुटाउने, गोलाप्रथाद्वारा कर्मचारीलाई पुरस्कृत गरिने लगायत कार्यक्रम भएको पोखरा शाखाका प्रशासन प्रम्ुख आनन्दप्रसाद रेग्मीले जानकारी दिए । कर्मचारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं