Author Archive

सुमिनालाई मिस तनहुँको ताज

सुमिना गुरुङले ‘मिस तनहुँ २०२१’ को ताज पहिरिन सफल भएकी छन् । शनिबार साँझ मनकामना चलचित्र हलमा सम्पन्न मिस तनहुँको पाँचौं संस्करण २०२१ मा ९ जना प्रतियोगीलाई पछि पार्दै व्यास नगरपालिका २ निवासी १६ बर्षकी सुमिना उपाधी चुमेकी हुन् । प्रतियोगितामा फस्ट रनरअप सन्धा धिताल भइन् भने सेकेन्ड रनरअपको उपाधी बिशाखा श्रेष्ठले जितिन् । त्यसैगरी दर्शकको रोजाइमा रिया सन्त्राले उपाधी जितिन् । प्रतियोगिताको मुल्यांकनकर्तामा मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ, पर्यटन… पुरा पढौ

प्राडा बुद्धिलाई तनहुँ रत्न पुरस्कार

तनहुँ रत्न पुरस्कारबाट पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई सम्मान गरिएको छ । तनहुँ सम्पर्क समाज पोखराको १९ औं स्थापना दिवसको अवसरमा बिहीबार थापालाई ताम्रपत्र, नगद १० हजार र दोसल्लासहित सम्मान गरिएको हो । समाजका पूर्व अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा उपाध्यक्ष भुवन पराजुली काफ्ले र सदस्य भीम रानाभाट रहेको पुरस्कार छनौट समितिले थापालाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । उपकुलपति थापाले समाजको सम्मानले सामाजिक कार्यमा हौसला बढाएको बताए… पुरा पढौ

कविता : उच्चाकांक्षा र जिजीविषा

जब कुनै सङ्गठनकोसङ्गठित हुने आत्मबलहुत्तिएर पर पुग्छखन्ड विखन्ड भएरपर छरपस्टिन्छ्न् त्यसका टुक्राहरूपाइलाहरू बालुवै बालुवालेपुरिएको सडकमा हराउन पुग्छन्त्यहिबेला,ठुलो पहिरो जान्छ छातीमाउसको जिजीविषाकोअनैतिकताहरूलेनैतिकताको डमरू बजाएको देख्दाउच्चाकाङ्क्षाहरूले जिजीविषालाईपछारेको देख्दाएउटा क्रान्ति बोक्न चाहेकोजिजीविषालेटेबलमाथिका नियमहरूउलङ्घित भएको देख्दाउसको छाती थर्किन्छविभत्स भुँइचालोलेएउटै साङ्गठनिक परिवारमाधेरै ठाउँआ- आफ्नो रोटी सेक्ने आशयलेग्रेट वालजस्तो पर्खालठड्याइएको छत्यही पर्खालमाथि अन्तिम जिजीविषापर्खिबसेको छजनमतको समर्थनमात्यो पर्खाल भाच्न।पोस्टर बनिएर जिजीविषाभित्ता भित्तामा टाँगिन पुग्छसावधान, सावधान को नारा लगाउँछशङ्कालेआफ्नो अस्तित्वलाईनचिमोटोस् भन्नेसन्देश दिँदैऊ घोषणा गर्छछुनै नसक्ने गरी अग्लिन चाहनु… पुरा पढौ

पोखरा महानगरमा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा ढकाल

पोखरा महानगरपालिकाले महानगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । मेयर मानबहादुर जिसीले प्रतिष्ठानमा कुलपति पद्यराज ढकालसहित ७ सदस्य बुधबार नियुक्त गरेका हुन् । प्रतिष्ठानका सदस्यमा कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ ‘सरु’ र दिलीप गायक छन् । उपकुलपति र २ जना सदस्य चयन हुन बाँकी छ । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले असोज १८ गते ११ जनाको नाम प्रतिष्ठानका लागि सिफारिस… पुरा पढौ

ओलीलाई अब राम मन्दिरको मूल पूजारी बनाउँदा हुन्छ : पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने बताएका छन्। भरतपुरमा पार्टीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले सर्वोच्च अदालतको फैसलासँगै ओली सेटिङको युग सकिएको बताए। ‘हिजो बेलुका एउटा प्रमाणित भयो ओली सेटिङ ‘टाइँ टाइँ फिस’, ओली सेटिङ गयो, समाप्त भयो। ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो,’ पाण्डेले भने, ‘यो प्रतिगमन विरोधी आन्दोलनमा सहभागी हुने सबैलाई धन्यवाद छ। सर्वोच्च… पुरा पढौ

अञ्जु पन्त र थीर कोइरालाको विवाह

गायिका अन्जु विवाह बन्धनमा बाधिँएकी छिन् । उनले बुधबार प्रेमी थीर कोइरालासँग विवाह गरेकी हुन् । एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेकी गायिका पन्तले थीरसँग बुधबार चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन् । अन्जु र थीर केही समयदेखि प्रेमसम्बन्धमा रहेका थिए । उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका हुन् । उनको विवाहमा केही आफन्तको मात्र सहभागिता रहेको थियो । पुरा पढौ

कमेडी च्याम्पियन सिजन २ फागुन २१ बाट

कमेडी च्याम्पियन सिजन– २’ फागुन २१ देखि प्रसारणमा आउने भएको छ । शो कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउन लागेको हो । शोका निर्देशक विशाल भण्डारीले यो सिजन भव्य बनाउने बताए । बुधबार काठमाडौं आयोजित एक कार्यक्रमका बीच शोको औपचारिक घोषणा गरिएको हो । कान्तिपुर टिभीका दिनेश डिसीले कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित भएको बताए । उनले आगामी ५ वर्षका लागि शो टिभीले लिएको जानकारी दिए । ‘कमेडी च्याम्पियन–२’ का लागि… पुरा पढौ

पोखरामा दीप प्रज्वलन

प्रतिनिधिसभा पुनःस्र्थापना गर्ने सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै पोखरामा दीप प्रज्ज्वलन गरिएको छ । नेकपाको प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताले संसद् ब्युतिएको खुसीयालीमा पोखराको पृथ्वीचोकमा मंगलबार साँझ दीप प्रज्ज्वलन गरेका हुन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै नाराबाजी पनि गरेका छन् । सहभागीले नालायक प्रधानमन्त्री राजीनामा दे, प्रतिगामी होसियार, केपी–विद्याको पाराले, दुःख पाए साराले लगायतका नारा लगाएका थिए । नेकपा प्रचण्ड माधव पक्षका नेता धनराज आचार्यले फैसलालगत्तै खुसीयालीमा… पुरा पढौ

प्राडा बुद्धिलाई तनहुँ रत्न सम्मान

तनहुँ रत्न सम्मान पुरस्कार २०७७ बाट प्राडा बुद्धिबहादुर थापा सम्मानित हुने भएका छन् । तनहुँ सम्पर्क समाज पोखराले यसै वर्षबाट सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार राशि १० हजार रुपैयाँ र ताम्रपत्र रहेको समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले जानकारी दिए । समाजको स्थापना भएको दिन फागुन १३ गते पुरस्कार प्रदान गरिने उनले बताए । तनहुँबाट पोखरा आई बसोबास गरेका सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई समाजले स्थापना गरेको २ लाख… पुरा पढौ

राष्ट्रपतिलाई हटाउँदैनौं, ओलीसँग सहकार्य हुँदैन : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउनेबारे आफूहरूले नसोचेको बताएका छन्। उनले नेकपाको ओली समूहसँग सहकार्य नहुने पनि प्रष्ट पारेका छन् । बिबिसी नेपाली सेवासँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘ब्ल्याकमेल’ गर्ने कोसिस गरेको भए पनि आफूहरुले कहिल्यै त्यसो नगरेको टिप्पणी गरे । ‘हामी अहिले त्यतारित सोचकै छैनौं । राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नु भएको हो। हामीले कहिल्यै त्यसो गरेका छैनौं,’ उनले भने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं